काठमाडौं । यही चैत ११ गतेदेखि टीभीएसको मोटरसाइकल तथा स्कुटरमा ‘टीभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल’ सुरू हुने भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकहरूका लागि विशेष अफर सहित उक्त एक्सचेन्ज कार्निभल आयोजना गर्न लागेको हो ।
चैत १६ गतेसम्म संचालन हुने एक्सचेन्ज कार्निभल काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । यस कर्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग टीभीएसका नयाँ मोडल साट्न सक्नेछन् ।
एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरूले ८ हजार रुपैयाँसम्मको थप मूल्याकंन, ७ हजार रुपैयाँसम्मको नगद छुट र ५० भन्दा बढी रिकन्डिसन हाउसबाट उच्च मूल्यांकन सुविधा पाउने छन् ।
त्यसैगरी, किस्ताबन्दीमा मासिक ३ हजार ७१० रुपैयाँदेखि नै मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने सहज फाइनान्स सुविधा ग्राहकले पाउने छन् । साथै, ग्राहकले नागरिकता तथा लाइसेन्सको आधारमै फाइनान्स सुविधा पाउने छन् ।
त्यस्तै, टीभीएसको कुनै पनि नयाँ मोडल खरिद गर्दा ग्राहकहरूले निःशुल्क रूपमा विभिन्न खाले एसेसरीजहरू पाउने कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई थप आकर्षक बनाउन कम्पनीले स्टन्ट शो, जिमखाना, टेस्ट राइड, विभिन्न खेलकुद गतिविधि तथा फुड स्टलहरू पनि राख्ने छ ।

