टीभीएसको नयाँ स्कुटर ‘जुपीटर ग्रान्डी’ अर्को महिना सार्वजनिक हुने

टीभीएसले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जुपीटर ग्रान्डीको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यसमा नयाँ ब्ल्युटुथ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलसँगै आकर्षक फिचरमा ल्याउन लागेको हो ।

आफ्नो चर्चित स्कुटर एनटर्कको जस्तै स्क्रिन दिइएको छ । उक्त डिस्प्लेमा इकुटरसम्बन्धी विभिन्न जानकारी उपलब्ध हुने छ । 

जुपीटर ग्रान्डीमा १०९.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड ओएचसी इन्जिन लगाइएको छ । यसले ८ हर्षपावरका साथै ८.४ एनएमटर्क उत्पादन गर्छ । बीएस ६ मापदन्डअनुरुपको इन्जिनसहित बजारमा आउने यस स्कुटरको भारतीय बजारमा मूल्य करिब ५७ हजार ४४३  भारु पर्न आउने छ । यसको फ्रन्ट र रियरमा १३० एमएम ड्रम ब्रेक लगाइएको छ ।

यसमा एलइडी हेडलाइटका साथै डायमन्ड कट फिनिस अलोय ह्वील लगाइएको कम्पनीले जनाएको छ । नयाँ कलर अप्शनसँगै यस स्कुटर ग्राफिक्स डिजाइनमा आउने छ ।


Back_to_top