काठमाडौं । १२५ सीसीमा हिरोले स्पोर्टी मोटरसाइकल एक्स्ट्रीम १२५ आर ल्याएसँगै यो सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
हिरो मोटोकर्पले हिरो वल्ड २०२४ मा एक्स्ट्रीम १२५ आर सार्वजनिक गरेको हो । ९५ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक भएको यो मोटरसाइकलले १५० सीसी सेग्मेन्टका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ ।
यो मोटरसाइकलले १२५ सीसी सेग्मेन्टका पावरफुल मोटरसाइकल पल्सर एनएस १२५ तथा टीभीएस रेडर १२५ सँग प्रतिस्पर्धा गर्छ ।
आज हामीले नेपाली बजारमा चाँडै भित्रने सम्भावना रहेको एक्स्ट्रीम १२५ आर र नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा राम्रो ब्यापार गरिरहेको रेडर १२५ बीच भएको भिन्नता केलाउने प्रयास गरेको छौं ।
इन्जिन
टीभीएस रेडरमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर, थ्री भल्ब, आयल कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलले ० देखि ६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउन सक्छ ।
त्यस्तै, भारतीय बजारमा भर्खरै सार्बजनिक भएको हिरो एक्स्ट्रीम १२५ आरमा १२४.७ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, फोर स्ट्रोक, स्प्रीन्ट इबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५० बीएच पावर र ६००० आरपीएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । यस मोटरसाइकलले पनि ० देखि ६० किलोमिटरको स्पीड मात्र ५.९ सेकेन्डमा पुरा गर्नेछ ।
इन्धन/माइलेज
दुबै मोटरसाइकलमा १० लिटर प्युmल ट्याकं क्यापासीटी रहेको छ । कम्पनीले बताए अनुसार हिरो एक्स्ट्रीम १२५ आरले ६६ किलोप्रतिलिटर माइलेज दिने बताएको छ । नेपालमा सफल रुपमा बिक्रि भइरहेको टीभीएस रेडरले भने ५० किलोमिटरमाइलेज दिने कम्पनीको दावी छ । हाल नेपालमा बीएस ४ मोडल विक्री भइरहेको छ भने बीएस ६ भेरियन्टले भने ६७ किलोमिटर माइलेज दावी छ ।
सस्पेन्सन/ब्रेक
दुबै मोटरसाइकलमा ट्युवलेस टायर र अलोय ह्वील पाउन सकिन्छ । हिरोले एक्स्ट्रीममा अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक, डुवल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, डुवल च्यानल एबीएस अप्सन दिएको छ । यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा शोवाको प्रिलोड एड्जस्टेवल मोनोशक रहेको छ ।
टीभीएस रेडरको भने नेपालमा सिंगल डिस्क भेरियन्ट मात्रै उपलब्ध रहेको छ । यसमा अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।
फिचर
प्रिमियम कम्प्यूटर सेग्मेन्टमा आधारित दुबै मोटरसाइकल स्पोर्टी डिजाइन, उत्कृष्ट लुक्स र आधुनिक फिचर भएका मोटरसाइकल हुन् ।
एक्स्ट्रीम १२५ आरमा कम्पनीले ‘फस्र्ट इन सेग्मेन्ट’ फिचरहरु दिएको छ । यसमा रेजर शार्प एलइडी प्रोजेक्टर लो–स्लङ्ग हेडल्याम्प र एलइडी टर्न इन्डिकेटर, डिजिटल कन्सोल, एलसीडी युनिट, डाइमन्ड फ्रेम, डिआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल छन् ।
टीभीएस रेडरमा एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, ५ इन्चको टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, आल्मुनियम, रबर ब्रेक प्याडल, सार्प बडी लुक्स, राइडर थ्रिडी लोगो, थ्रिडी हर्स लोगो, मस्कुलर फ्यूल ट्यांक, अपराइट ह्याण्डलबार जस्ता फिचर पाउन सकिन्छ ।
मूल्य
नेपाली बजारमा सीजी मोटर्सले हिरोको डिलरशिप लिएको छ भने मार्चदेखि नेपालमा विक्री सुरु गर्नेछ । नेपालमा हिरो एक्स्ट्रीम १२५ आर नेपालमा ल्याउन केही समय लाग्नेछ भने जगदम्वा मोटर्सले २ लाख ६६ हजार ९०० रुपैयाँ तोकेर रेडर १२५ विक्री गर्दै आएको छ ।
भारतीय बजारमा भने हिरो एक्स्ट्रीम १२५ आर रेडर १२५ भन्दा २ हजार रुपैयाँले सस्तो रहेको छ ।

