२ लाख ४८ हजार मूल्य तोकेर राइडर-१२५ को विक्री सुरु हुँदै

काठमाडौं । टीभीएस राइडर १२५ को विक्री सुरु हुने भएको छ । जगदम्वा मोटर्सले नेपाल भित्र्याएको १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल राइडरको विक्री सुरु हुने भएको हो ।

कम्पनी स्रोतका अनुसार आइतबारदेखि यसको विक्री सुरु हुनेछ । कम्पनीले यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य सुरुवाती चरणका लागि मात्र हुने कम्पनी स्रोतले मेरोअटोलाई बताएको छ ।

यसमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलले ०–६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउने कम्पनीले जनाएको छ ।

अपाचे आरटीआर १६० फोर भीबाट प्रेरित एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, ५ इन्चको टिएफटी इन्ट्रुमेन्ट क्लष्टर यसमा पाउन सकिन्छ ।

स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, आल्मुनियम अलोय ह्वील, रबर ब्रेक प्याडल, सार्प बडी लुक्स, राइडर थ्रिडी लोगो, थ्रिडी हर्स लोगो, मस्कुलर फ्यूल ट्यांक, अपराइट ह्याण्डलबार, अगाडि २४० एमएमको पेटल डिस्क ब्रेक, पछाडि १३० एमएमको ड्रम ब्रेक, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।

१० लिटर क्षमताको इन्धन ट्यांक, १७ इन्चको टायर, १३२६ एमएमको ह्वीलवेस, ७८० एमएमको सिट हाइट नयाँ राइडर १२५ का मुख्य विशेषता हुन् ।

 


Back_to_top