एक महिना भित्रै नेपाल आउँदै ३ नयाँ कार

काठमाडौं । नयाँ वर्ष लागेसँगै विभिन्न कम्पनीले नयाँ कार नेपाल ल्याउने तयारी थालेका छन् । फेब्रुअरी महिना भित्रै नेपालमा टाटा, मारुती सुजुकी र निसानले आफ्ना नयाँ कार बजारमा ल्याउँदै छन् ।

मारुती सुजुकीले डिजायर फेसलिफ्ट, टाटाले नेक्सन फेसलिफ्ट र निसानले अल न्यू मोडल म्याग्नाइट नेपाल ल्याउने तयारीलाई अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

म्याग्नाइट

निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले सब फोर मिटर एसयूभी म्याग्नाइट फेब्रुअरी दोस्रो साता सार्वजनिक गर्दैछ । विभिन्न ७ भेरियन्टमा नेपाल आउन लागेको निसान म्याग्नाइट १.० नेचुरल एस्पायर्ड इन्जिनमा ४ भेरियन्ट र टर्बो इन्जिनमा ३ भेरियन्ट नेपाल आउने कम्पनीले जनाएको छ ।

निसान म्याग्नाइटमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध हुने छ । निसान म्याग्नाइटमा केहि सेग्मेन्ट फर्ष्ट फिचर उपलब्ध रहेका छन् । जसमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचरले यसलाई प्रिमियम बनाएको छ । यसको मूल्यभने कम्पनीले सार्वजनिक गरेको छैन ।

डिजायर

मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले स्वीफ्ट डिजायर फेसलिफ्टको मूल्यसमेत सार्वजनिक गरिसकेको छ । कम्पनीले भिएक्सआई भेरियन्टको मूल्य ३४ लाख २९ हजार र जेडएक्सआईको ३७ लाख ७९ हजार रुपैयाँ तोकेर बुकिङ खुल्ला गरेको हो ।

डिजायरमा मारुती सुजुकीको के१२एन, फोर सिलिण्डर इन्जिन दिइएको छ । यसमा ग्राहकले आइडल स्टार्ट र स्टपको सुविधा पाउने छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ९० पीएस पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो ५ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध हुनेछ ।

फेसलिफ्ट डिजायरमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । सस्पेन्सको कुरा गर्दा डिजायरको अगाडि म्याक फेरसन स्ट्रुट र पछाडि टोर्सियन बीम दिइएको छ । कम्पनीले यसमा स्टील र अलोय ह्वील दुई अप्सन दिएको छ । स्टील ह्वीलमा १४ इन्चको टायर लाग्छ भने अलोय ह्वीलमा १५ इन्चको टायर लाग्ने छ ।

कारको भित्र लेदरले मोरिएको स्टेरिङ ह्वील, मोर्डन उडन एसेन्ट सहितको ड्यासबोर्ड, मल्टी इन्फर्मेशन डिस्प्ले, लो फ्यूल वार्निङ ल्याम्प, विभिन्न स्थानमा क्रोम फिनिसिङ, फ्रन्ट डोर आर्मरेष्ट जस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरि सुरक्षाको लागि एबीएस, इबीडी, २ वटा एयरव्याग, रिभर्स पार्किङ सेन्सर, एन्टी थेप सेक्यूरिटी सिस्टम, फगल्याम्प, रियर डिफगर, आइएओ फिक्स चाइड सिट, रिटवेल्ट रिमाइन्डर, स्पीड सेन्सिटीभ डोर लक, स्पीड अलर्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

नेक्सन फेसलिफ्ट

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्नो सर्वाधिक सफल सब कम्प्याक्ट एसयूभी नेक्सनको फेसलिफ्ट मोडल नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले फेब्रुअरी दोस्रो साता नेक्सनको फेसलिफ्ट मोडल सार्वजनिक हुन सक्ने बताइएको छ ।

सनरुफ सहितको फेसलिफ्ट मोडलमा कुन कुन भेरियन्ट नेपाल आउँछ भन्ने जानकारी कम्पनीले दिएको छैन । यद्यपी कम्पनीले सुरुमा पेट्रोल इन्जिनमा मात्रै ल्याउने जनाएको छ । नेपाल आउन लागेको नयाँ नेक्सनमा १.२ लिटर रिभोर्टन टर्बो पेट्रोल इन्जिन उपलब्ध रहने छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ ।

नेक्सन एक्सजेड प्लस (एस) र एक्सजेडए प्लस (एस) मा सनरुफको अलावा अन्य फिचरपनि थप गरिएको छ । यसमा अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर, लेदरले ढाकिएको स्टेरिङ ह्वील र गियर नव, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top