काठमाडौं । जापानीज अटोमोवाइल कम्पनी सुजुकीले आगामी केही वर्ष भित्रै ९ नयाँ मोडलका एसयूभी ल्याउने घोषणा गरेको छ । कम्पनील यूरोप, जापान र भारतलाई केन्द्रमा राखेर एसयूभी ल्याउन लागेको हो ।
कम्पनीले सन् २०२५ भित्र प्यासेन्जर कार सेग्मेन्टका नयाँ मोडलका एसयूभीहरु लन्च गरिसक्ने मिडिया रिपोर्टहरुमा उल्लेख छ ।
कम्पनीले भारतीय बजारलाई लक्षित गरी प्लगइन हाइब्रिड, स्ट्रोङ हाइब्रिड तथा इलेक्ट्रीक एसयूभीमा काम गरिरहेको छ । जापानीज मिडियाहरुका अनुसार कम्पनीले यसै वर्षको मध्यसम्ममा ‘अल न्यू स्वीफ्ट’ ल्याउने छ ।
त्यस्तै भारतमा विक्री हुने ब्रेजाको अपडेटेड मोडल पनि आगामी केही महिनामा आउने छ । कम्पनीले टोयोटासँगको सहकार्यमा डीएनजीए आर्किटेक्चरमा आधारित अल न्यू मिडसाइज एसयूभी पनि आगामी चाडपर्वको समयमा लन्च गर्ने योजना बनाएको छ ।
सुजुकीले आगामी वर्षमा फ्यूचर ‘इ कन्सेप्ट’को बलेनोमा आधारित कुपे डिजाइनको एसयूभी समेत लन्च गर्ने तैयारी गरिरहेको छ । त्यस्तै नेक्स्ट जेनेरेशन भिटारा ब्रेजाको हाइब्रिड भर्सन पनि छिटै तयार हुने जानकारी प्राप्त भएको छ ।

