मंसिरमा मापसेका कारण २२५ दुर्घटना, कुन प्रदेशमा कति ?

काठमाडौं । मंसिर महिनामा मादक पद्धार्थ सेवन (मापसे)का कारण देशभर २२५ वटा सवारी दुर्घटना भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक मंसिरमा देशभर २२५ र्दुटना हुँदा ६ जनाको मृत्यु र २९५ जना घाइते भएका हुन् ।

कुल सवारी दुर्घटना मध्ये झण्डै आधा लुम्बिनी प्रदेशमा छन् । २२५ दुर्घटना हुँदा लुम्बिनीमा मात्रै १०७ वटा भएका छन् । जसमा परी ३ जनाले ज्यान गुमाएका छन् भने ८० जना घाइते भएका छन् ।

त्यस्तै, मापसेका कारण काठमाडौं उपत्यकामा ४८ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५५ घाइते भएका छन् ।

त्यसैगरी, कोशीमा ४३ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु र ५७ घाइते, मधेशमा २८ दुर्घटना हुँदा ३९ घाइते, बागमतीमा १० दुर्घटनामा १४ घाइते, गण्डकीमा ३ दुर्घटना हुँदा दुईको मृत्यु र तीन जना घाइते भएका छन् ।

मंसिरमा मापसे गरी कर्णालीमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा ६ वटा दुर्घटना गराएका थिए । ती दुर्घटनामा मानिसको ज्यान नगए पनि २० जना घाइते भएका थिए ।


Back_to_top