काठमाडौं । भेस्पा एप्रिलियाको स्कुटरमा ‘डबल या तेब्बर बबाल’ अफर सुरू भएको छ ।
नेपालको लागि भेस्पा एप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले चाडपर्वलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत हरेक ग्राहकले भेस्पा तथा एप्रिलिया स्कुटरको खरिदमा एउटा स्क्र्याच कुपन पाउनेछन् । उक्त कुपनमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्र्याचमा पाएको रकमलाई ग्राहकले दोब्बर वा तेब्बरसम्म बढाउन सक्ने कम्पनीले जनाएको छ ।
साथै, हरेक हप्ताको लक्की ड्र मार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउने छन् । यसका अलावा बम्परमा एक जना भाग्यशाली ग्राहकले १० लाख नगद रुपैयाँ जित्ने अवसर पाउने छन् ।
त्यसैगरी, ग्राहकले ल्याएका जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग भेस्पा र एप्रिलिया एक्सचेन्ज गर्दा सबैभन्दा न्यूनतम मूल्य नै ४० हजार रुपैयाँ पाउने छ। साथै, यसमा पनि स्क्र्याच कुपन मार्फत बजार भ्यालुमा पाइने भन्दा बढि १ लाख ५० हजार रुपैयाँसम्म पाउन सक्ने छन् ।
कम्पनीले फाइनान्समा स्कुटर किन्न चाहाने ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पनि उपलब्ध गराउने भएको छ । यसमा कुनै सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
यो अफर नेपालभरका भेस्पा एप्रिलियाका सबै आधिकारिक शोरूमहरूमा लागू हुनेछ ।

