भिनफास्टको भारतमा इन्ट्री, नेपालको लागि ‘भिएफ-३’ महत्वपूर्ण (भिडियोसहित)

नयाँ दिल्ली । भारतमा चलिरहेको अटो एक्स्पो २०२५ मार्फत भिनफास्टले इन्ट्री गरेको छ । कम्पनीे भिएफ-७, भिएफ-९ र भिएफ-३ जस्ता मोडल भारतमा देखाएको हो ।

भिनफास्टलाई नेपाली बजारमा विशाल ग्रुप अन्तर्गतको कम्पनीले नेपाल ल्याउँदैछ । भारतमा बिक्री सुरु भएको केही समयपछि भिनफास्टका उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछ ।

भियतनामी कम्पनी भिनफास्टले देखाएको कार मध्ये भिएफ-३ निकै आकर्षण बनेको छ । त्यसको मुख्य कारण भिएफ-३ को साइज हो । साइजका हिसावले माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध भिएफ-३ दुई ढोका भएको मोडल हो ।

भारतमा बढ्दो माइक्रो एसयूभीको क्रेजलाई मध्येनजर गर्दै सार्वजनिक भएको भिएफ-३ नेपालमा पनि चासोका साथ हेरिने मोडलमा पर्न सक्छ ।

सन् २०२५ को सुरुवातबाट भारतमै बनाउने तयारी भइरहेको ‘भिएफ-३’ अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ बाटै उपलब्ध मोडल हो । भारतीय प्लान्ट तयार हुनासाथ यसको उत्पादन सुरु हुनेछ ।

भिएफ-३को लम्बाइ ३१९० एमएम र चौडाइ १६७९ एमएम छ । उचाई भने १६२० एमएम पाउन सकिन्छ ।

यसको बडी निकै कप्याक्ट छ, १६ इन्चको ह्वीलसहित अग्लो साइजमा उपलब्ध ईभीमा ग्राउन्ड क्लियरेन्स लगभग २०० एमएम रहने छ ।


Back_to_top