३० लाख रुपैयाँमा ‘भिनफास्ट’को प्रिमियम एसयूभी

काठमाडौं । भियतनामको इलेक्ट्रीक कार निर्माता ‘भिनफास्ट’ले आफ्नो इन्ट्री लेभल मोडल ‘भिएफ-५’को विक्री सुरु गरेको छ । भियतनामबाट विक्री सुरु भएको यो प्रिमियम एसयूभीको मूल्य २३ हजार डलर (३० लाख ३६ हजार नेपाली रुपैयाँ) मात्र तोकिएको हो ।

प्रिमियम ईभी उत्पादकले अमेरिकी बजारमा यसको विक्री सुरु गर्दैछ । भियतनाममा सन् २०२२ को डिसेम्बर महिनामा कम्पनीले ‘भिएफ-५’को बुकिङ खुल्ला गरेको थियो । करिब ९ घन्टा खुल्ला रहेको बुकिङ अवधिमा ३ हजार ग्राहकले यसलाई बुकिङ गरेका थिए ।

सुरुमा वुकिङ गरेका ग्राहक मध्ये ८० प्रतिशत ग्राहकले गाडी लिन बाँकी रकम तिर्न सुरु गरेको कम्पनीले जनाएको छ । ‘दी ईभी फर इभ्रीवान’ स्लोगन सहित कम्पनीले ‘भिएफ-५’को विक्री सुरु गरेको हो ।

भिनफास्ट मोटर्सले यसअघि नै अन्तर्राष्ट्रिय बजारमा ई३४, भिएफ-८ र भिएफ-९ जस्ता मोडल विक्री गर्दै आएको छ । कम्पनीले ल्याएको भिएफ-५ मोडल भने मूल्यको हिसावले सबैभन्दा कम मूल्यको मोडल हो ।

अहिले लेफ्ट ह्याण्ड साइड ड्राइभ मोडल मात्रै उत्पादन गर्दै आएको कम्पनीले राइट ह्याण्ड ड्राइभको तयारी गरेको छैन । त्यसैले नेपाल, भारत, अष्ट्रेलिया, बेलायत जस्ता देशमा तत्काल भिनफास्ट आउने छैन ।

भिएफ-५ मोडलमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा ३७.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ३०० किलोमिटरसम्म चलाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ ।

मूल्य कम भएपनि यसमा फिचरको कुनै कमी हुनेछैन । सुरक्षाको लागि यसमा स्टायडर्ड क्रुज कन्ट्रोल, रियर क्रस ट्राफिक अर्लट, ब्लाइन्ड स्पोर्ट मोनिटर, रियर पार्किङ एसिस्ट, ओभर दी एयर अपडेट, सेल्फ डाइग्नोस, भर्चुअल एसिस्ट जस्ता फिचर पाउन सकिन्छ ।

कम्पनीले भिएफ-५ मा रहेको ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ ।


Back_to_top