भीआर मोटरसाइकल किन्दा १५ हजार छुट पाइने, यस्ता छन् अन्य अफर

काठमाडौं । हाटफोर्ड मोटरसाइकलको आधिकारि विक्रेता इग्निशन अटोले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०७८ को अवसर पारेर नगद छुट तथा एक्सचेन्ज अफर ल्याएको हो ।

इग्निशन अटोले नेपाली बजारमा हार्टफोडको भीआर मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले ‘हर्षको वर्ष’ नामक नयाँ वर्ष अफर सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको अफरमा ग्राहकले हरेक मोटरसाइकलको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् । त्यसैगरी, एक्सचेन्ज मार्फत मोटरसाइकल खरिद गर्दा बजार मूल्यमा १५ हजार थप मूल्याङ्क प्राप्त गर्ने छन् । कुनै पनि कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटरसँग भीआर मोटरसाइकल एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, हरेक ग्राहकले पार्टसमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् भने हरेक मोटरसाइकलको खरिदमा डर्ट हेलमेट, लेग गार्ड, बाइक कभर, टी सर्ट र एक वर्षको सडक दस्तुर निःशुल्क प्राप्त गर्नेछन् । यो योजना कम्पनीको सबै आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Back_to_top