तीन भेरियन्टमा विक्री सुरु भयो फक्सवागेन टाइगुन (मूल्यसहित)

काठमाडौं । फक्सवागनको पहिलो भारतमा बनेको एसयूभी टाइगुन नेपालमा विक्री सुरु भएको छ । कम्पनीले हिजो राजधानीमा एक कार्यक्रम आयोजनागरी टाइगुनको विक्री सुरु गरेको हो ।

फक्सवागेन ग्रुपले भारतमा उत्पादन गरेको कारण नै फक्सवागनको सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा यो नेपाली बजारमा प्रबेश गरेको हो । यसको मूल्य ५० लाख ९० हजारदेखि ६९ लाख ९० हजार निर्धारण गरेर विक्री सुरु भएको छ । आधिकारीक वितरक पुजा इन्टरनेशनल नेपालले यो मूल्य केही दिनको लागि मात्रै भएको जनाएको छ ।

टाइगुन १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले विभिन्न तीन भेरियन्टमा उपलब्ध गराएको छ । टाइगुन कम्फर्ट लाइन भेरियन्टको मूल्य ५० लाख ९० हजार, हाइलाइन अटोमेटीकको ६३ लाख ९० हजार र टप लाइन भेरियन्टको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

नेपाली बजारमा टाइगुनले विशेषत स्कोडा कुशक, हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top