होन्डाले केही समयअघि आफ्नो प्रिमियम मोटरसाइकल सीबी–३०० आर सार्वजनिक गरेको थियो । ३ सय सीसी इन्जिन क्षमताको यो मोटरसाइकल निक्कै आकर्षक रहेको छ ।
यहाँ होन्डा सीबी–३०० आरको मुख्य विशेषता बारे उल्लेख गरिएको छ जसले राइडरलाई आकर्षित गर्दछ । संभवत नेपाली बजारमा सीबी–३०० आर अबको केही महिना भित्र आउने छ ।
डिजाइन
यो मोटरसाइकलमा होन्डाको नियो स्पोटर्स क्याफे डिजाइनमा आधारित रहेको छ । यसमा रेट्रो स्टाइलिङ समेत मिक्स गरिएको छ । यसले सीबी–३०० आरलाई आकर्षक बनाएको हो । यो मोटरसाइकल झट्ट हेर्दा होन्डाकै सीबी–१००० आर जस्तै देखिन्छ ।
सहरका लागि उपयोगी
होन्डा सीबी–३०० आरको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ह्यान्डलिङ क्षमता हो । यसमा कम्प्याक्ट डाइमेन्सन र फराकिलो ह्यान्डलरबार रहेको छ जसले ट्राफिक जाममा निक्कै सहज बनाउँछ । यो मोटरसाइकलमा सिटी राइडका लागि इर्गोनोमिक स्पट–अन रहेको छ भने निक्कै आरामदायी सिट रहेको छ ।
आकर्षक आवाज
होन्डा सीबी–३०० आर सहरका लागि किन राम्रो छ भन्ने प्रश्नको उत्तर मध्येमा यसको आवाज पनि हो । यो मोटरसाइकलको आवाज झिँजो लाग्ने नभई आकर्षक रहेको छ । सीबी–३०० आरमा २ सय ८६ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । इन्जिन चलिसकेपछि यसको आवाज असहज हुँदैन । यो मोटरसाइकलको तौल १४७ किलोग्राम रहेको छ ।
टप स्पेक हार्डवेयर
होन्डाले उच्च प्रिमियम मोटरसाइकलमा भएका सुविधाहरु ३ लाख भारुभन्दा कम मूल्यका मोटरसाइकलमा समेत समावेश गरेको छ । त्यसैको उपलज हो सीबी–३०० आर स्पोर्टसमा टप–स्पेक ब्रेकिङ तथा सस्पेन्सन हार्डवेयर उपलब्ध छ । होन्डाले यसमा प्रयोग भएको ब्रेकिङ सेटअप निसानबाट लिएको हो । यो मोटरसाइकलमा आइएमयूमा आधारीत एबीएस रहेको छ जुन सेगमेन्टमै पहिलो हो ।
मोटरसाइकलको आकार
सीबी–३०० आरको बनावट र यसमा प्रयोग भएको विशेषताले यो मोटरसाइकल सहरी यात्राका लागि हो भन्ने बुझाउँछ । मोटरसाइकल ठूला चालकका लागि केही सहज हुनेगरि बढाउन समेत मिल्ने छ ।

