सामान्यतया नेपालको सडकमा मोटरसाइकलको स्पीड ४० देखि १०० किलोमिटर प्रतिघण्टासम्म हुने गरेको छ । त्यो सडकको अवस्था अनुसार फरक हुन्छ । रेसिङ्ग मोटरसाइकलको गति भने अलि बढी हुन्छ ।
यस्तै सबैभन्दा तिब्र गतिमा कुद्ने मोटरसाइकलको गति कति होला ? सबैलाई चासो हुन सक्छ । डोज टमाहक कम्पनीले विश्वको सबैभन्दा तिब्र गतिमा कुद्ने मोटरसाइकल बनाएको छ ।
कम्पनीले बनाएको मोटरसाइकलमा ४ पाङ्ग्रा रहेको छ । सबै पाङ्ग्रामा अलग अलग सस्पेन्सन रहेको छ । यो शक्तिशाली मोटरसाइकलमा ८.३ लिटर १० भल्भ इन्जिन रहेको छ । यसमा ८ हजार २७७ सीसीको इन्जिन दिइएको छ, जसले ५०० एचपी पावर र ७१२ एनएम टर्क दिन्छ ।
कम्पनीको दाबी अनुसार टमाहकले २.५ सेकेन्डमा शून्यदेखि ६० माइल (९६ किलोमिटर)को दूरि तय गर्न सक्छ । त्यस्तै यो मोटरसाइकलको अधिकतम् गति ३०० देखि ४२० माइल प्रतिघण्टा (४८० देखि ६८० किलोमिटर)सम्म रहेको छ ।
डोज टमाहकको अन्तर्राष्ट्रिय बजारमा मूल्य ६ करोड १४ लाख ४० हजार रुपैयाँ पर्ने बताइएको छ । कम्पनीले यो मोटरसाइकल जम्मा ९ वटामात्र बनाएको थियो जुन सबै बिक्री भइसकेको छ ।


