काठमाडौं । अमेरिकी कम्पनी मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले नेपाली बजारमा मोटरहेड ब्राण्डका मोटरसाइकल बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले केही समय अगाडि बजारमा ल्याएको एक्स टर्क २५० अहिले निकै चर्चामा रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकेको छ । २५० सीसी एयर कुल्ड सिंगल सिलिण्डर, २ भल्भ इन्जिन जडान भएको यस मोटरसाइकलमा आकर्षक फिचर दिइएको छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । यस मोटरसाइकलको तिब्रगति क्षमता १२० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसमा उपलब्ध इन्जिनले २० बीएच पावरका साथै १९ एनएम टर्क प्रदान गर्छ । प्रतिलिटर ४० किलोमिटर माइलेज दिने यो बाइकको फ्रन्ट र रियर साइडमा डिस्क ब्रेक लगाइएको छ ।
१३९० एमएमको ह्वीलवेश भएको यस मोटरसाइकलमा प्लास्टिक फाइबर फ्रेम, फ्रन्टमा इन्भर्टेड सस्पेन्सन र रियरमा आयल डम्पर मनोशक सस्पेन्सन दिइएको छ । कम्पनीका अनुसार यसको फ्रन्ट र रियरमा समान १७ इन्चको अलोय ह्वील लगाइएको छ ।
यसमा म्यानुअल ओडोमिटर, पिलन फुटरेष्ट, डिजिटल स्पीडोमिटर, ट्रिपमिटर जस्ता फिचर उपलब्ध रहेको छ । १२ लिटर इन्धन क्षमताको फियुल ट्यांकी भएको यस मोटरसाइकलमा ३१० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ ।
यसमा दिइएको एलइडी हेडलाइट, पास लाइट, टेल ब्रेक लाइट, टर्न सिंग्नल ल्याम्प लगायको विशेषता दिइएको छ । यसलाई किन्न चाहने ग्राहकले ३० देखि ४० प्रतिशत डाउनपेमेन्ट तिरेर बाँकी रकम कर्जा सुविधामा किन्न सक्ने छन् ।


