प्रत्येक कारमा ८ लाख ६५ हजार रुपैयाँ घाटा खाँदै साओमी

काठमाडौं । स्टार्टअप कम्पनीहरूले आफ्नो उत्पादनमा कसरी पैसा ‘बर्न’ गर्छन् भन्ने पछिल्लो उदाहरण साओमी बनेको छ । चीनको सबैभन्दा कान्छो अटोमोबाइल स्टार्टअप साओमीले अहिलेको एक्सचेन्ज दर अनुसार ८ लाख ५६ हजार रुपैयाँ घाटामा प्रत्येक कार बिक्री गर्दै आएको देखिन्छ ।

साओमी ग्रुपले सार्वजनिक गरेको २०२६ को पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार उक्त घाटा देखिएको हो । कम्पनीले स्मार्ट इलेक्ट्रीक भेहिकल र एआईको स्टार्टअपको कारोबारबाट १९.९ अर्ब युआन (२.९ अर्ब अमेरिकी डलर) संकलन गरेको देखाएको छ ।

कम्पनीको अटोमोबाइल स्टार्टअपको संचान नोक्सानी ३.१ अर्ब युआन (४५७ मिलियन अमेरिकी डलर) पुगेको छ । कम्पनीले २०२६ को पहिलो तीन महिनामा ८० हजार ८५६ कार बिक्री गरेको देखाएको छ । यसको अर्थ हरेक कारको बिक्रीमा ५ हजार ६०० अमेरिकी डलर (८ लाख ६५ हजार रुपैयाँ हाराहारी) नोक्सानीमा बिक्री गरेको देखिन्छ ।

साओमीले अघिल्लो वर्षको पहिलो क्वाटरको तुलनामा बिक्री बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ७५ हजार ८६९ युनिट कार बिक्री गरेको साओमीले यो वर्षको पहिलो तीन महिनामा ८० हजार ८५६ युनिट कार बेचेको छ । साओमीले औसत ३४ हजार ६०० अमेरिकी डलरमा कार बिक्री गरेको देखिन्छ ।

प्रिमियम कार सेग्मेन्टमा दुई मोडल बजारमा बिक्री गर्दै आएको साओमीले वाइयू सेभेन र एसयूभी सेभेन मोडल उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीका यी दुवै मोडल चीनमा उच्च माग भएको मोडलमा पर्छ ।


Back_to_top