एक्सपल्स २०० प्रो नेपाल आउन लागेको हो ?

काठमाडौं । सिजी मोटर्सले नेपालमै एसेम्बल गरेर मोटरसाइकल तथा स्कुटर बिक्री सुरु गर्न लागेको छ । कम्पनीले एक साथ भोलि आइतबार ४ मोडलको बिक्री सुरु गर्न लागेको हो ।

कम्पनीले नेपाली बजारमा यसअघि बिक्री गर्दै आएको एक्सपल्स २०० फोर भी नै बिक्री गर्छ वा २०० प्रो बिक्री गर्छ भन्ने एकिन भएको छैन । तर, कम्पनीले नवलपरासीमा बैशाख ३ गते देखाएको एक्सपल्सको तस्बिर हेर्दा २०० प्रो बिक्री सुरु गर्न लागेको अनुमान लगाउन सकिन्छ ।

हिरोले एक्सपल्स २०० प्रो बिक्री गर्न लागेको हो भन्ने विषयलाई मूल्यले पनि पुष्टि गर्छ । कम्पनीले एक्सपल्स २०० को मूल्य ४ लाख ५० हजार रुपैयाँ कायम गर्ने तयारी गरेको छ । जबकी सुपर स्प्लेन्डरमा नै २६ हजार मूल्य घटाएको कम्पनीले एक्सपल्समा पनि धेरै घटाउन सक्थ्यो । २०० प्रो मोडल भएकैले २ हजार मात्रै मूल्य घटेको अनुमान लगाउन सकिन्छ ।

कम्पनीले नवरपरासीको सिजी धाममा अनावरण गरेको एक्सपल्स २०० कुन भेरियन्ट भन्ने अन्योललाई सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सार्वजनिक गरेको तस्वीरको मेटाउन सक्छ ।

उक्त सार्वजनिक तस्बीरमा एक्सपल्सको फ्रन्टमा दिइएको भाइजर प्रो मोडलमा प्रयोग भएको देखिएको छ । त्यस्तै, प्रो मोडलमा प्रयोग भएको नकल गार्ड (ह्यान्ड गार्ड) पनि उक्त तस्बिरमा देख्न सकिन्छ । तर, कलर भने रेगुलर मोडलकै भएका कारण सार्वजनिक मोटरसाइकल कुन मोडल हो छुट्याउन सकिएको छैन ।

जे होस् भोलि साँझसम्ममा कुन कुन मोडल र कस्ता मोटरसाइकल नेपालमा बिक्री सुरु गर्न लागेको हो, त्यो जानकारी कम्पनीले नै उपलब्ध गराउने छ ।


Back_to_top