धेरै बिक्री हुनेमा यामाहा एक्सएसआर १५५, नेपाल आउला

काठमाडौं । भारतीय बजारमा हालै सार्वजनिक भएको नियो रेट्रो मोटरसाइकल एक्सएसआर यामाहाको टप सेलिङ मोटरसाइकल बनेको छ । डिसेम्बर २०२५ मा एक्सएसआर १५५ टप सेलिङ मोटरसाइकल भएको हो ।

डिसेम्बर २०२५ मा ५४ हजार ९१४ युनिट दुईपाँग्रे बिक्री गर्दा एक्सएसआर सबैभन्दा धेरै १४ हनार ९५१ युनिट बिक्री भएको हो ।

यामाहा रेजेडआर १२५ मो धेरै बिक्री हुनेको दाेस्रो नम्बरमा रहेको छ । रेजेडआर १२५ डिसेम्बर २०२५ मा १४ हजार १५३ युनिट बिक्री भएको हो ।

यामाहा एक्सएसआर १५५ भारतीय बजारमा बहुप्रतिक्षित मोटरसाइकल हो । कम्पनीले अघिल्लो महिना मात्र भारतमा सार्वजनिक गरेको मोटरसाइकल धेरै बिक्री हुनेमा पहिलो हुन सफल भएको हो ।

नेपालमा पनि यामाहा एक्सएसआर बहुप्रतिक्षित मोटरसाइकल हो । भारतमा हालैमात्र सार्वजनिक भएको यो मोटरसाइकल केही समय पश्चात नेपाल आउने छ । भारतमा १ लाख ५० हजार रुपैयाँ मूल्य रहेको यो मोटरसाइकल नेपाल आउँदा ४ लाख ५० हजार हाराहारी मूल्य हुने अनुमान गर्न सकिन्छ । यो मोटरसाइकल कुन मितिमा नेपाल आउँछ भन्ने यकिन भने छैन् ।

यो मोटरसाइकल यामाहा आर १५ र एमटी १५ कै प्लेटफर्ममा निर्माण भएको हो । त्यसैले यसमा दिइएको इन्जिन पनि समान छ ।

एक्सएसआर १५५ मा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट सेटअप, टियरड्रप आकारको फ्युल ट्यांक, फ्ल्याट सिंगल पिस सिट, १३७ किलोग्राम तौल, १२० एमएम ग्राउन्ड क्लियरेन्स र १० लिटरको फ्युल ट्यांक दिइएको छ ।

यसमा १५५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, एफआई, भीभीए इन्जिन रहेको छ । यसले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच पनि छ ।

साथै, मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र कलर म्याचिङ अलोय ह्वील रहेको छ ।

त्यस्तै, वाइ स्मार्टफोन कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, पूरा एलईडी लाइट, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टार्टर लगायतका फिचरहरू पाउन सकिन्छ ।


Back_to_top