काठमाडौं । उमेर बढ्दै गएसँगै मानिसहरु साइकल चलाउन सक्दिन भन्ने चिन्तामा हुन्छन् । त्यसको मुख्य कारण हो, साइकल मूलत मानिसको शक्तिको मद्दतले चल्ने गर्छ । सहरी क्षेत्रका वासिन्दा फुर्सद भयो कि काठमाडौं वरपरको डाँडामा पुग्ने गरेका छन् । सायद यस्तै परिर्वतनका संकेतहरु पाएर होला सहरमा विभिन्न खाले साइकलहरु ल्याएर बेच्ने क्रम बढ्न थालेको देखिन्छ । यहि अवशर छोप्दै याडिया ब्राण्डका इलेक्ट्रीक माउन्टेन बाइक नेपालमा विक्री सुरु भएको छ ।
काठमाडौंको टंगालमा शोरुम स्थापना गरेर भर्खरै कुजु नेपाल प्रालिले ‘याडिया इलेक्ट्रीक माउन्टेन बाइक’को विक्री सुरु गरेको छ । जहाँ शारिरिक शक्तिको धेरै आवश्यकता नपर्ने चार मोडलका माउन्टेन बाइक पाउन सकिन्छ ।
याडियाका माउन्टेन बाइक विशेष प्रकारका छन् । यसलाई उकालो बाटोमा चलाउन पनि धेरै बल खर्चनु पर्दैन । याडियाले यी बाइकहरुमा ‘लिथियम आयोन व्याट्री’ र ‘इलेक्ट्रीक मोटर’ जडान गरेर बनाएको छ । बाइक चलाउँदा साइकलको पैडल चाल्नु पर्छ तर, इलेक्ट्रीक मोटर चालु गर्ने वित्तिकै साइकल सहजै गुड्ने छ । चालकले विस्तारै पैडलिङ भने गर्नु पर्छ । जसका कारण साइकल चलाउँदा शारिरिक कसरत पनि हुने र साइकलिङको मज्जा पनि लिन पाइने कम्पनीका संचालक उमिद श्रेष्ठ बताउँछन् ।
साइकल चलाउन मात्रै नभएर कहिले काहिँ थाकेर साइकल डोर्याउन समेत मन नलाग्ने अवस्था हुन्छ यस्तोमा याडियाको माउन्टेन बाइकमा डोर्याउँदा समेत सजिलो हुने प्रविधि जडान भएको छ । साइकलालई ‘क्रलीङ’ मोडमा राखेर विस्तारै डोर्याएर हिड्न सकिन्छ । यसमा अतिरिक्त बल लगाउनु पर्दैन ।

यसमा रहेको ‘एलसीडी कलर स्किृनमा’ माउन्टेन बाइकको सबै जानकारी हेर्न सकिन्छ । साथै कति स्पीडमा कुन मोडको पावर दिने जस्ता सूचना स्किृनमा नै पाउन सकिन्छ ।
‘परिवारका सदस्यहरु माउन्टेन बाइकमा घुम्न जाँदा सबैले लामो समयसम्म एकनाशले चलाउँछन् भन्ने छैन । ज्येष्ठ सदस्यहरु उमेरका कारण छिटो थाक्न सक्छन् । तर, याडियाको बाइकमा जाने हो भने यस्ता समस्याहरु नपर्न सक्छ । त्यसैले धेरै शक्ति खर्च गर्न नसक्ने परिवारका सदस्यको लागि यो उपयोगी हुन्छ’, संचालक श्रेष्ठले मेरोअटोसँग भने ।

याडियाका माउन्टेन बाइक एक पटकको फुल चार्जमा ८० देखि १२० किलोमिटरसम्म गुडाउन सकिने छ । नेपालको सबै भौगोलिक क्षेत्रमा उपयोगी हुने याडिया चीनमा निर्माण भएका हुन् । कम्पनीले ल्याएको एसएस १०००, एसएस ८००, वाईटी ५०० र वाईएस ५०० मोडल ‘अल टेरेन’ (सबै क्षेत्रमा उपयोगी) माउन्टेन बाइक हुन् ।
त्यसमा पनि एसएस १००० र एसएस ८०० भने ‘एक्सट्रीम अफ रोड’ तथा ‘डाउनहिल’ माउन्टेन बाइक हो । यी दुई मोडलमा बाइकहरु प्रोफेसनल बाइकरहरुलाई समेत एकदमै उपयुक्त रहेको सञ्चालक श्रेष्ठले बताए ।

यी माउन्टेन बाइकको मूल्य २ लाख ५० हजार देखि ४ लाख ३० हजारसम्म रहेको छ । यी बाइकहरुलाई मेगा बैक, कुमारी बैक तथा नेपाल इन्भेष्टमेन्ट बैंकले सहज कर्जा सुविधा प्रदान गरेका छन् । यी माउन्टेन बाइकहरु शून्य प्रतिशत व्याजदरमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
याडिया विश्वमै सवैभन्दा धेरै इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन विक्री गर्ने कम्पनी हो । कम्पनीले विश्वभर १ करोडभन्दा बढी यूनिट इलेक्ट्रीक टु ह्वीलर विक्री गरिसकेको छ । विगत २० वर्षदेखि विश्वका अमेरिका तथा जर्मन लगाएत ८० भन्दा बढी देशमा विक्री भइरहेको याडिया नेपालमा भर्खरै मात्र आएको हो । याडियाका इलेक्ट्रीक माउन्टेन बाइकले गिनिज वर्ड रेकर्ड तथा युरोमोनिटर ग्लोबल फस्टबाट सर्टिफिकेट पाएको छ । यस कम्पनीले इलेक्ट्रीक स्कुटर पनि निर्माण गर्दछ । जसको ब्राण्ड स्पोकपर्सनमा हलिउड अभिनेता भीन डिजल रहेका छन् ।


