भोलिदेखि यामाहा ब्लू फेस्ट सुरू हुँदै, मोटरसाइकल किन्नेलाई फाइदै फाइदा

काठमाडौं । यामाहाले ‘ब्लू फेस्ट’ एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले चैत्र २८ देखि वैशाख ३ गतेसम्म ‘ब्लू फेस्ट’ आयोजना गर्ने भएको हो ।

काठमाडौंको भृकुटीमण्डप संचालन हुने एक्सचेन्ज क्याम्पमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।

त्यस्तै, सहज फाइनान्सका साथै अन्य धेरै सुविधा पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहाने ग्राहकले जमानी (ग्यारेन्टर) बिनै ७.९९ प्रतिशत ब्याजमा कर्जा पाउने छन् ।

त्यस्तै, आफूसँग भएको जुनसुकै ब्राण्डको जस्तोसुकै मोटरसाइकल/स्कुटरसँग यामाहाको नयाँ मोटरसाइकल/स्कुटर साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा यामाहा ब्राण्डको भए न्यूनतम ५० हजार र अन्य ब्राण्डमा न्यूनतम २५ हजार मूल्यांकन दिइने कम्पनीले जनाएको छ । यस बाहेक कम्पनीले १० हजार तथ मूल्यांकन दिने बताएको छ ।

ग्राहकले हरेक स्कुटर तथा मोटरसाइकल खरिदमा विभिन्न एसोसरिज पनि पाउने छन् ।

उक्त ब्लू फेस्टमा चर्चित कलाकार अस्मिता अधिकारी र महेश काफ्लेले प्रस्तुति समेत दिने छन् ।

यो ब्लू फेस्ट नेपालकै ठूलो एक्सचेन्ज इभेन्ट हुने कम्पनीको भनाइ छ ।


Back_to_top