इलेक्ट्रीक स्कुटर प्रोजेक्टमा यामाहा

काठमाडौं । यामाहाले विद्युतीय स्कुटर निर्माणमा काम गरिरहेको जनाएको छ । यामाहा इन्डियाका प्रबन्ध निर्देशक यासुओ इशिहाराले उक्त विषयको पुष्टि गरेका छन् ।

‘हामी नयाँ इलेक्ट्रीक सवारी साधनको तयारी गरिरहेका छौं । तर, तत्कालै पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरलाई विद्युतीय बनाउने कुनै प्लान छैन’, इशिहाराले भने ।

भारतमा विद्युतीय स्कुटर निर्माण गर्न कम्पनीले सन् २०१९ देखि नै यसको प्ल्याटफर्म र व्याट्री टेक्नोलोजी निर्माणमा काम गरिरहेको उनले जानकारी दिएका छन् ।

अहिले कोभिड १९ को कारण काममा केहि ढिलाई भइरहेको भएपनि छिट्टै इलेक्ट्रीक स्कुटरको प्रोजेक्ट अगाडि बढ्ने इशिहाराले बताए । तर, उनले कुन मितिमा आफ्नो पहिलो स्कुटर बजारमा आउने छ भन्ने विषयमा भने कुनै जानकारी दिएनन् ।

बजाजले आफ्नो पुरानो मोडल नेम चेतक नामबाट इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरिसकेको छ भने टीभीएसले पनि आफ्नो इलेक्ट्री स्कुटर बाहिर सार्वजनिक गरिसकेको छ । सुजुकी, हिरो जस्ता कम्पनीले आफ्नो इलेक्ट्रीक स्कुटरहरुको परिक्षण गरिरहेका छन् । यस्तोमा यामाहालाई आफ्नो उत्पादन चाँडो तयार गर्न दवाव परेको छ ।


Back_to_top