यामाहाले एमटी–०३ को २०२० मोडल सार्वजनिक गरेको छ । कम्पनीले एमटी सिरिजको फेसलिफ्टमा हेडलाइट सेटअपमा परिमार्जन गरेको छ । कम्पनीले एमटी १५ मा दिएको प्रोजेक्टर हेडलाईट सेट नयाँ एमटी–०३ मा पनि दिएको हो ।
फेसलिफ्ट मोडलमा एलइडी बिल्कंरको प्रयोग गरिएको छ । साथै यसमा परिमार्जित एलसीडी डिस्प्ले दिइएको छ । यसको फ्यूल ट्याङ्क पहिलाको तुलनमा निकै मस्कुलर बनाइएको छ । कम्पनीले नयाँ एमटी–०३ लाई तीन कलर अप्सनमा बजारमा उतारेको छ । जसमा आइस फ्लो, आइकन व्ल्यू, मिड नाइट व्ल्याक रहेका छन् ।
कम्पनीले यसमा ३२१ सीसी क्षमताको प्यारलल् टुइन सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिएको छ । जसले १०७५० आरपीएममा ४२ पीएस पावर र ९००० आरपीएममा २९.६ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा डायमन्ड टाइप ट्युवलर स्टीलको फ्रेम दिइएको छ भने अगाडि ३७ एमएम इन्भटेर्ड फर्क र पछाडि मोनोसक एब्जर्वरको प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसमा प्रयोग गरिएको स्विङग्रामले बाइकको संचालनलाई निकै सहज बनाएको छ ।


