थाइल्यान्डमा जारी अटो एक्स्पो २०१८ मा यामाहा कम्पनीले एमटी–१५ मोटरसाइकल सार्वजनिक गरेको छ । यामाहाको एमटी १५ मोडल स्ट्रीट–फाइटर बाइकको रुपमा परिचित बाइक हो ।
यस मोटरसाइकलमा ‘बग आइज’ एलईडी हेडलाइट, आकर्षक फ्यूल ट्याङ्की, न्यू–इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ । यसमा १७ इन्चको अलोय ह्वीलकासाथै, यूएसडी फ्रन्ट–फर्क, रियर–मनोशक तथा आल्मुनियम स्वीङ्ग–आर्म उपलब्ध रहेको छ ।
१५५ सीसी लिक्वीडकुल सिङ्गल सिलिन्डर फोर–भल्भ इन्जिनले १९ बीएचपी पावरकासाथै १४.८ एनएम–टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स लगाइएको छ ।
कम्पनीले यस मोटरसाइकलमा यामाहा आर–१५ मा उपलब्ध डेल्टाबक्स चेसिस दिएको छ । यसमा १० लिटर क्षमताको फ्यूल ट्याङ्की जडान गरिएको छ भने, मोटरसाइकलको कुल वजन १३३ किलोग्राम रहेको छ ।


