यामाहाको नयाँ मूल्यसूची सार्वजनिक, महंगो भयो यामाहा एमटी १५

काठमाडौं । यामाहा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । यामाहा मोटरसाइकलको नेपालका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूचीका अनुसार अधिकांश मोटरसाइकलको मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै मूल्यवृद्धि हुनेमा यामाहा एमटी १५ बीएस ६ रहेको छ । कम्पनीले यामाहा एमटी १५ को बीएस ५ भर्सनमा १३ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

त्यस्तै, स्कुटरतर्फ कम्पनीले रे जेडआर १२५ एफआईको मूल्य ८ हजार रुपैयाँले वृद्धि गरेको हो । कम्पनीले केही मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य भने यथावत राखेको छ ।

नयाँ मूल्यसूची अनुसार यामाहा आर ३ को मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ, आर १५ एम र आर१५ भी ४ को मूल्य ५ लाख ८७ हजार ९०० रुपैयाँ, आर१५ बीएस ६ को ५ लाख २४ हजार ९०० रुपैयाँ, फेजर २५ को ४ लाख १४ हजार ९०० र एफजेड २५ को मूल्य ४ लाख ७४ हजार रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै, यामाहा एफजेडएक्सको मूल्य ४ लाख ३५ हजार ९०० रुपैयाँ पुगेको छ । यसको मूल्य ९ हजार रुपैयाँले वृद्धि भएको हो । त्यसैगरी, एफजेड भी ३ एक्स कनेक्टको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ, एफजेडएस भी २ को मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँ, एमटी १५ बीएस ६को मूल्य ४ लाख ८३ हजार ९०० रुपैयाँ, एफजेड भी २ को मूल्य ३ लाख २३ हजार ९०० र सलुटोको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ पुगेको छ । सलुटोमा कम्पनीले १२ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

यामाहाको एड्भेन्चर मोटरसाइकल एक्सटीजेड १५० को मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै स्कुटर तर्फ फसिनो १२५ एफआईको मूल्य २ लाख ६७ हजार ९०० रुपैयाँ, रेजेडआर १२५ एफआईको मूल्य २ लाख ६१ हजार ९०० रुपैयाँ, रेजेडआर १२५ स्ट्रीट र्यालीको २ लाख ८९ हजार ९०० रुपैयाँ, एनम्याक्स १५५ को मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । त्यसैगरि फसिनो ११३ को मूल्य २ लाख १८ हजार ९०० रुपैयाँ, रेजेड आर ११३ स्ट्रीट र्याली को मूल्य २ लाख २० हजार ९०० रुपैयाँ र रेजेड आर ११३ को मूल्य २ लाख १९ हजार ९०० रुपैयाँ निर्धारण भएको हो ।

 


Back_to_top