काठमाडौं । यामाहाको नयाँ मोटरसाइकल आर-१५ एम सार्वजनिक भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले आर-१५ एमको आधिकारी विक्री सुरु गरेको हो ।
यामाहा आर-१५ एममा यामाहाको सफल मोटरसाइकल आर-१५ भी ३ कै इन्जिन दिइएको छ । यसको डिजाइन भने यामाहा आर-१ एमबाट प्रेरित रहेको छ ।
यामाहा आर-१५ एमको फ्रन्ट लुक यामाहा आर-१५ भी ३ को भन्दा भिन्न र अझै सार्प देख्न सकिन्छ । कम्पनीले आर-१५ एमको फ्रन्टमा सिंगल पड वग आई फङस्नल एलइडी हेडल्याम्प दिएको छ ।
यसमा १५५ सीसी लिक्विड कुल्ड भिभिए इन्जिनलाई नै कम्पनीले निरन्तरता दिएको छ । यसले आर-१५ भी ३ कै समान १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यस ६ स्पीडको गियरबक्स उपलब्ध छ । कम्पनीले यसमा ट्रयाक्सन कन्ट्रोलका साथै क्वीक सिफ्टर र स्लीपर क्लचसमेत दिएको छ । यो मोटरसाइकलमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्वीङ आर्मको प्रयोग गरिएको छ ।
आर-१५ एम मोटरसाइकलको दुबैतर्फ डिस्क ब्रेक रहेको छ । त्यस्तै यसमा सुपर वाइड १४० एमएमको रेडियल टायर पाउन सकिन्छ । प्रिमियम फिचरका रुपमा चिनिने अगाडि दिइएको गोल्डेन कलर यूएसडी फर्क, रियरमा मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस, साइड स्ट्याण्ड इन्जिन कट सेन्सर, ट्रयाक्सन कन्ट्रोल, क्वीक सिफ्टर जस्ता फिचर उपलब्ध छ ।
कम्पनीले यामाहा आर-१५ एमको मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्ने जनाएको छ । आर-१५ एम सिल्भर कलर अप्सनमा उपलब्ध रहेकाे छ ।

