यात्रीको नयाँ मोडल आउँदै, स्कुटर कि सस्तो मोटरसाइकल ?

symbolic picture

काठमाडौं । नेपालमा नै इलेक्ट्रीक मोटरसाइकल डिजाइनदेखि उत्पादनसम्म गरेको कम्पनी यात्रीले नयाँ भर्सन इलेक्ट्रीक दुई पाङ्ग्रे ल्याउने घोषण गरेको छ । यात्रीले आफ्नो सोसल मिडिया पेजमा ‘सिरिज २ इनकमिङ’ लेखेर यसको जानकारि दिएको हो ।

हाल यात्रीले ‘पी ०’ र ‘पी १’ गरि दुई मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ भने यात्री पी-० लिमिटेड एडिशन मोटरसाइकल हो ।

यात्रीले भर्सन २ ल्याउने घोषणा गरेसँगै यात्रीको इलेक्ट्रीक स्कुटर आउने अनुमान गरिएको छ । यसका अलावा यात्री पी-० को सस्तो भेरियन्ट वा पी १ को एडभेन्चर नयाँ भर्सनसमेत ल्याउन सक्ने अनुमान गरिएको छ । यात्री पी-१ को माग अनुसार उत्पादन गर्न सकिरहेको छैन ।

कम्पनीले उत्पादन गरेको पहिलो लट यात्री पी-१ सोल्ड आउट भएको धेरै समय भइसकेको छ ।

यात्री इलेक्ट्रीक स्कुटर

कम्पनीले निर्माण गर्ने तयारी गरेको पहिलो इलेक्ट्रीक स्कुटरको नाम पी-२ हुनेछ । यात्रीको पहिलो इलेक्ट्रीक स्कुटर २०२३ मा सार्वजनिक हुनेछ । यात्रीले पी-२ लाई नेपालकै पहिलो स्मार्ट इलेक्ट्रीक स्कुटरको रुपमा विकास गर्ने आफ्नो भिजनमा उल्लेख गरेको छ ।

यात्रीले व्यवसायीक सुरुवात २०२२ को सुरुबाट भएको हो । कम्पनीले २०२२ को जनवरीबाट यात्री पी-१ को आधिकारि विक्री सुरु गरेको थियो । कम्पनीले हाल

यात्री पी १ को सुरुवाती मूल्य ४ लाख ९५ हजार रुपैयाँ रहेको छ भने ग्राहकले आफ्नो आवश्यकता अनुसार फिचर थप गरेर लिन सक्नेछन् । यात्री पी-२ इलेक्ट्रीक स्कुटर भने ३ लाखभन्दा कम मूल्यको हुने अनुमान गर्न सकिन्छ । यात्रीले आफ्नो भिजनमा पी-२ लाई सबै नेपालीको पहुँचमा पुर्याउने उल्लेख गरेको छ ।


Back_to_top