काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विदेश जाने यात्रुहरूलाई उडान समयभन्दा ४ घण्टाअघि नै विमानस्थल पुग्न आग्रह गरेको छ।
एयरलाइन्सले एक सूचना जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुहरुलाई उडान तालिकाभन्दा ४ घण्टा अगावै चेकइनका लागि विमानस्थल पुग्न आग्रह गरेको हो ।
चेकइन काउन्टर उडान समयभन्दा १ घण्टा अगाडि नै बन्द हुने एयरलाइन्सले जनाएको छ ।
अधिकांश अन्तर्राष्ट्रिय उडानमा उडान समयभन्दा ३ घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था छ ।

