काठमाडौं । भारतीय बजारमा एसयूभी सेग्मेन्टमा राम्रो पकड जमाउन सफल भएपछि कोरियन अटो कम्पनी किया मोटर्सले अब एमपीभी पनि बनाउने भएको छ ।
छोटो सयममै कियाले सेल्टोस र सोनेट मार्फत एसयूभी सेग्मेन्टमा आफ्नो बजार हिस्सा राम्रो बनाउन सफल भएको हो ।
मिडिया रिपोर्टहरुको अनुुसार कियाले तीन सिट–रो भएको एमपीभीमा काम गरिरहेको छ । यो प्रिमियम एमपीभी बजारमा आउन भने अझै एक वर्ष लाग्नेछ । रिपोर्टहरुका अनुसार यो एमपीभी किया सोनेट प्लाटफर्ममा निर्माण हुनेछ ।
कियाले कोरियामा निर्मित लग्जरियस एमपीभी कार्निभल समेत यो बजारमा विक्री गर्दै आएको छ । नयाँ एमपीभी भने सुजुकी अर्टिगा, टोयोटाको इनोभा तथा महिन्द्राको मराजोसँग प्रतिस्पर्धा गर्ने छ ।
कियाको नयाँ एसयूभी कार्नीभलबाट एसयूभीबाट इस्पायर्ड रहने छ । यसमा कियाको सिग्नेचर टाइगर नोज फ्रन्ट ग्रिल, ह्याप अराउण्ड एलईडी टेलगेट, स्लिकर हेडलाइट्स रहने छ । यो एमपीभीको ड्यासबोर्डमा युभो कनेक्ट १०.२५ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टीलेटेड सिट, एम्यिन्ट लाइट आदि फिचर हुनेछ ।
यो एमपीभीमा १.५ लिटर चार सिलीण्डर पेट्रोल तथा डिजल इन्जिनमा आउने छ जसमा ६ स्पिडल म्यानुअल ट्रासमिसन रहने छ ।


