यी हुन्, २०१९ मा केटीएमले ल्याउदै गरेका ४ नयाँ बाइक

अस्ट्रियन कम्पनी केटीएमको उत्पादन युवापुस्ताको रोजाईमा पर्ने गरेको छ । आकर्षक डिजाइन, उत्कृष्ट बडी तथा पफर्मेन्सको कारण यी मोटरसाइकल युवापुस्ताको रोजाईमा पण्र्ने गरेको हो । कम्पनीले यो वर्ष भारतीय बजारलाई आधार बनाएर चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ ।

केटीएमका उत्पादनहरू नेपाली बजारमा पनि बिक्री–वितरण हुँदैआएका छन् । हंशराज हुलास चन्द एन्ड कम्पनीले युवा लक्षित बाइकहरूलाई नेपाली बजारमा भित्र्याउँदैआएको छ ।

केटीएम आर–२५०

केटीएमको आकर्षक मोटरसाइकल आरसी–२५० यही वर्ष सार्वजनिक हुनेछ । यो मोडलले होन्डा सीबीआर, टीभीएस अपाची आरआर–३१० तथा आउँदै गरेको मोडल सुजुकी जिक्सर–२५० लगायतका मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा उपलब्ध २४८ सीसी सिङ्गल सिलिन्डर लिक्विड–कुल्ड इन्जिनले ३० बीएचपी पावरकासाथै २४ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ । यसको मूल्य २ लाख १० हजारदेखि २ लाख ३० हजारसम्म पर्न आउँछ ।

केटीएम–३९० एड्भेन्चर

त्यस्तै, कम्पनीले सार्वजनिक गर्ने भएको यो केटीएम–३९० एड्भेन्चर बाइकमा कम्पनीले रेगुलर अलोय ह्वीलको प्रयोग गरेको छ । जुन अफरोड तथा अनरोड दुबैका लागि उपयुक्त हुनेछ ।

प्रिमियम ड्यूल–स्पोर्ट सेग्मेन्टमा निर्माण भएको यो बाइकको डिजाइन फ्लगशिप १२९० सुपर एड्भेञ्चर मोटरसाइकलबाट लिइएको हो । यसमा ३७३ सीसी इन्जिन क्षमताको लिक्विड–कुल्ड, सिङ्गल सिलिन्डर इन्जिन दिइएको छ । जसले ४४ पीएस पावर तथा ३५ एनएम–टर्क जेनेरेट गर्छ । यो इन्जिन केटीएम–३९० ड्यूक र आरसी–३९० मोडलमा पनि रहेको छ ।

बाइकमा ठूलो साइजको ह्वील, ड्यूल स्पोट्र्स टायर, लामो दूरीको यात्राका लागि सस्पेन्सन, पेनिअर माउन्ट्स, कम्फर्टेबल सिटिङ्ग पोजिसन, हाई इन्टनसिटी हेडल्याम्पस, विन्ड–स्क्रिन, ड्यूल डिस्क–ब्रेक तथा एबीएस सिस्टम दिइएको छ । यो बाइकको सिधा प्रतिस्पर्धा बीएमडब्ल्यू जी–३१० जीएससँग हुनेछ ।

आरसी–३९० स्पोर्ट बाइक

कम्पनीले अल न्यू–केटीएम आरसी–३९० स्पोर्ट बाइक सार्वजनिक गर्ने भएको छ । कम्पनीले बजारमा ल्याउने भएको यस मोडलमा आकर्षक हेडलाइट सेटअप, प्रोजेक्टर हेडलाइट, लार्जर वाइन्ड–स्क्रिन, वाइन्ड–ब्लास्ट प्रोटेक्शनलगायतका विशेषता दिइएको छ ।

वाइन्ड–स्क्रिनमा टीएफटी डिस–प्ले राखिएको छ भने केटीएम–३९० मा समावेश स्मार्टफोन इन्टर्गेशन भीआईए ब्लू–टुथ लगाइएको छ । यसमा उपलब्ध ३७३.२ सीसी सिङ्गल सिलिन्डर फोर–भल्भ डीओएचसी लिक्विड–कुल्ड इन्जिन मोटरले ७ हजार आरपीएममा ३६ एनएम–टर्ककासाथै ९ हजार आरपीएममा ४३.५ एनएम–टर्क उत्पादन गर्छ ।

केटीएम–७९० ड्यूक 

केटीएमले बहु–प्रतिक्षित मोटरसाइकल ७९० केटीएम ड्यूक सार्वजनिक गर्ने तयारी गरेको छ । ७९० एड्भेन्चरको मूल्य करिब १५ हजार डलर बराबर हुने आँकलन गरिएको छ ।

यो मोटरसाइकलमा ७९९ सीसी एलसी–८ सी प्यारालल ट्वाइन इन्जिन लगाइएको छ । यसकासाथै, ड्यूक–७९० नेकेड रोडस्टरमा पनि सोही इन्जिनको प्रयोग गरिएको छ । कम्पनीले चारवटै मोडलमार्फत् राम्रो बजार लिने विश्वास लिएको छ ।


Back_to_top