काठमाडौं । गत मंगलबारबाट काठमाडौंको भृकुटी मन्डपमा चलिरहेको नाडा अटो शो २०१९ को आज अन्तिम दिन हो । ६ दिनसम्मको लागि आयोजना भएको मेलामा ५ औँ दिनसम्ममा करिब ७० हजार अबलोकनकर्ताले अवलोकन गरेका छन् ।
यस अटो शोमा करिब एकदर्जन भन्दा बढी ब्रान्ड न्यू कारहरु सार्वजनिक भएका थिए भने करिब एक दर्ज मोडलका बाइकहरु सार्वजनिक भए ।
मेलामा मारुती सुजुकीले सबैभन्दा धेरै गाडी सार्वजनिक गरेको थियो भने हुन्डाई, टोयोटा, टाटा, रेनो, मित्सुविसी, होन्डा लगायतका ब्रान्डले नयाँ गाडी सार्वजनिक गरेका छन् ।
मोटरसाइकलतर्फ यामाहा, सुजुकी, टीभीएस, बजाज, होन्डा, हिरो, एमभी अगस्टा, बेनेली, सिएफ मोटो, केटीएम लगायतका ब्रान्डले नयाँ मोडल सार्वजनिक गरेका छन् । साथै, इलेक्ट्रीक टु ह्वीलर्सले पनि धेरैको ध्यान खिच्न सफल भएका छन् ।
त्यसैगरी अटो शो विगत ३ वर्ष यताकै सबैभन्दा सस्तो व्याजदरमा बैंकहरुले अटो कर्जा दिनेगरी योजना ल्याएर ग्राहकको आर्कषण बढाएका छन् । साथै, ल्यूब, टायर, पाटर्स लगायतको एकै स्थानमा भएको प्रदर्शनीले अटो शोलाई भब्य बनाएको छ ।
आयोजकले ७५ हजारले यसपटकको नाडा अटो शो वलोकन गर्ने अनुमान गरेपनि करिब ८० हजार भन्दा बढीले अटो शो अवलोकन गर्ने अनुमान गरिएको छ ।


