नेपालका लागि यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहाको बाइक तथा स्कुटरहरूकाे महाएक्सचेन्ज मेला आज देखि राष्ट्रिय सभागृहमा सुरु गरेको छ । सो मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
आजबाट सुरु भई आगामि विहिबारसम्म ६ दिनका लागि प्रदर्शनी मार्गकाे राष्ट्रिय सभागृहमा संचालन हुने उक्त महामेलामा ग्राहकहरुले १५ वटा भन्दा बढि रिकन्डिसन हाउसबाट आफ्नो कुनै पनि ब्राण्डको बाइक तथा स्कुटरको उत्कुष्ट मूल्य पाउनसक्ने छन् । मेलामा रिकन्डिसन हाउसले गरेको वेष्ट भ्यालुएसनमा यामाहाले २० हजार रुपैयालकाे थप भ्यालुएसन गर्नेछ । यस महामेलामा ग्राहकहरूले अफ्ना पूरानाे बाइक तथा स्कुटर साटेर यामाहाकाे विश्वस्तरीय बाइक तथा स्कुटरहरूमा स्तराेन्नति गर्न सक्नेछन् ।

‘नाडा अटाे शाेको माहोलमा यामाहाका ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको हो ’ एमएडब्लुका मार्केटिङ्ग हेड बिक्रम पौडेलले मेराे अटाेलाई बताए । उनले थप्दै भने ‘यामाहाको हालै मात्र लन्च भएको एमटी १५ र आर १५ भिथ्री मोटोजीपी एडिसनमा जुन प्रकारको ग्राहकहरुको रुचि देखिएको छ, त्यसलकाई अझ ग्राहकहरुको नजिकै आएर वेष्ट भ्यालु अफर गर्ने यो महामेलाकोे लक्ष्य रहेको छ ।’

यस महामेलामा १ लाखसम्म नगद छुट, सित्तैमा विभिन्न एक्सेसरीजहरु, स्पट फाइनान्सीङ्ग सुविधा, टेष्ट राईड तथा अन्य आकर्षक उपहारहरु समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस मेलाको आकर्षणको रुपमा विभिन्न सेलिब्रेटीहरु भ्रमण, सित्तैमा लाइसेन्स ट्रायल टेष्ट, डोर प्राइज तथा विभिन्न फुड स्टलको समेत वेवस्था रहेको छ ।
एक्चेन्ज कारोबारका अलावा यस मेलामा भ्रमण गर्ने सबै ब्राण्डका मोटरसाईकलहरुको लागि नि:शुल्क परिक्षण तथा नि:शुल्क धुने सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

