हुन्डाई कम्पनीले हाल, क्रेटाको नयाँ संस्करण आइएक्स २५को निर्माण गरिरहेको छ । नेपाली बजारमा समेत सर्वाधिक चर्चामा र बिक्री हुने क्रेटाको अल न्यू मोडल सार्वजनिक हुने भएको हो ।
डियूल टोन कम्बीनेशनमा निर्माण भएको यो मोडलमा अल ब्ल्याक इन्टेरियरसँगै आकर्षक एक्सटेरियर डिजाइनमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
यसमा हेक्जाजोनल सेपको एसीभेन्ट, आकर्षक टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटोसँगै सिम बेस कनेक्टीभिटी फिचर दिइएको छ ।
३६० डिग्रीको क्यामरा यो सेग्मेन्टमा पहिलो पटक हुन्डाइले दिन लागि रहेको छ । यस मोडलमा अटो टेम्पेचर सीट, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरमिक रुफ जस्ता विशेषता पाउन सकिने अनुमान गरिएको छ ।
यसको लम्बाई ४३०० एमएम, चौडाई १७९० एमएम र उचाई १६२२ एमएम रहेको छ । यसमा रेगुुलर मोडलको भन्दा हाई ग्राउन्ड क्लियरेन्स र लामो ह्वलववेश दिइएको कम्पनीले जनाएको छ ।
यो मोडल १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ भने १.४ लिटर टर्बाे पेट्रोल मोटर लगाइने कम्पनीले जनाएको छ । अल न्यू क्रेटाले किया सेल्टोस, एमजी हेक्टर, टाटा ह्यारिएर, निशान किक्स, रेनो क्याप्चर, फक्सस्वागेन टिक्रश र स्कोडा काम्युक जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्ने आनुमान गरिएको छ ।


