काठमाडौं । एमजीको इलेक्ट्रीक कार एमजी इजेडएस नेपाली बजारमा आइपुगेको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले केहि समय अगाडी एमजी इजेडएसको बुकिङ खुल्ला गरेको थियो ।
‘एमजी इजेडएस बारे जिज्ञासा राख्ने र किन्ने इच्छा व्यक्त गरेका उपभोक्ताहरुले गाडीको बुकिङ गर्नु भएको छ, केहि समय पश्चात बुकिङ गरेका ग्राहकलाई कार डेलिभरी दिन सुरु गर्ने छाैं’ पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले मेरोअटोसँग भने ।
कम्पनीले १ लाख रुपैयाँ लिएर एजेडएसको बुकिङ सुरु गरेको हो । एमजी इजेडएसको मूल्य ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
एमजीले इजेडएस जेडएसकै प्लेटफर्ममा बनाएको कार हो । एमजी इजेडएस इलेक्ट्रीक एसयूभी रहेको छ । एमजीले इजेडएसको प्रिमियर शो २०१८ को ग्वाङझाओ मोटर शोमा गरेको थियो ।
एमजी इजेडएसले एक पटक फुल चार्ज गर्दा ३ सय ५० किलोमिटर दूरि तय गर्ने दाबी कम्पनीले गरेको छ । विभिन्न मुलुकहरुमा गरिएको परिक्षणका आधारमा उक्त नतिजा आएको एमजीको भनाई छ ।

