मारुती सुजुकी एस-प्रेसोको पहिलो तस्विर सार्वजनिक, यस्तो छ नेपालमा मूल्य

फन्की फ्युचर एस अवधारणामा निर्माण भएको मारुती सुजुकीको एस-प्रेसोमा भिटारा ब्रेजामा दिइएको जस्तै हाई बोनेट लाइन, हेडलाइट, स्लिम ग्रिल, क्रोम जस्ता फिचर समावेस भएको अटो कार इन्डियाले खुलाएको छ । 

माइक्रो एसयूभीको थिममा आधारित एलइडी डिआरएलएस लगाइएको कारमा, फ्रन्ट र रियरमा ब्ल्याक बम्पर दिइएको छ । यसको फ्रन्टमा दिइएको ह्वील आर्क, ब्ल्याक आउट बि फ्रन्ट फेन्डर र मस्कुलर हन्चले कारलाई आकर्षक लुक दिइएको छ ।

१८० एमएमको ग्राउन्ड क्लियरेन्स, डार्क ग्रे थिमको इन्टेरियर रहेको एस–प्रेसोमा आकर्षक ड्याशबोर्ड, डिजिटल स्पीडोमिटर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमलगायतका अत्याधुनिक फिचर रहेको छ । 

नयाँ कारको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ ।

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको यो कारमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ ।

भारतीय नयाँ सुरक्षा मापदण्ड र नयाँ प्रदुषण मापदन्ड अनुसार तयार भएको यो कारमा स्ट्याडर्ड फिचरको रुपमा अगाडि २ वटा एयरव्याग रहेको छ भने, इबीडी सहितको एबीएस ब्रेकिङ्ग सिस्टम, रियर पार्किङ्ग सेन्सर जस्ता सेफ्टी फिचर रहेको छ । 

यसलाई नेपाली बजारमा सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकेर सिजी मोटो कर्पले नाडा अटो शोबाट बुकिङ्ग सुरु गरेको थियो । यद्यपी भारतीय बजारमा यसको मूल्य अझै सार्वजनिक भएको छैन । नेपालमा एस–प्रेसो बुकिङ्ग गर्न चाहने ग्राहकले ५ देखि २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।


Back_to_top