टाटा मोटर्सले रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरु मध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयस् उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । कम्पनीले सम्मान स्वरुप टाटा एच फाईभ प्रदान गरेको छ ।
उक्त कार्यक्रममा टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड (पार्टस्) राकेश मित्तल र सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठद्वारा सयुक्त रुपमा हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराईदिनु भएकोमा धन्यबाद व्यक्त गर्दै आगामी दिनमा अरु जिम्मेवार भएर काम गरिदिनका लागि अनुरोध गरेका थिए ।
टाटालाई टाटा जेन्युईन पार्टस् नै सही भन्दै ग्राहकलाई सहजै स्पेयर पार्टस् उपलब्ध होस् भन्ने उद्देश्यले स्थानीय व्यवसायी सहकार्य गदै देश भरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरहरुलाई प्रोत्साहान तथा सम्मानका अन्य थुप्रै कार्यक्रमहरु लिएर आउनका साथै आउदा दिन अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरहरुलाई लक्षित गरी विविध कार्यक्रमहरु ल्याईने कुरा सिप्रदी अटो पार्टसका महा – प्रवन्धक युवराज बुढाथोकीले बताए ।

