होन्डाले आफ्नो सर्वाधिक बिक्री हुने एसयूभी सिआर-भीको नयाँ संस्करण ल्याउने तयारी गरिरहेको छ । नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको सिआरभीको मूल्य १ करोड ३३ लाख रुपैयाँ रहेको छ । फेसलिफ्टसँगै यसको मूल्यमा केही फरक आउन सक्नेछ ।
रेगुलर मोडलको तुलनामा सिआरभीको फेसलिफ्ट मोडलको एक्सटेरियर र इन्टेरियमा निक्कै परिमार्जन गरिएको जनाइएको छ । नयाँ क्रोम ग्रिल, फ्रन्ट फग ल्याम्प, रिभाइज बम्पर, १८ इन्चको नयाँ अलोय ह्वील, ट्वीक टेल लाइट, डार्केन्ड क्रोम गार्निश, डार्कली टिन्टेड, नयाँ क्रोम एक्जष्ट फिनिश जस्ता फिचर फेसलिफ्ट मोडलमा उपलब्ध हुनेछ ।
यसको सेन्टरमा कन्सोलमा इन्स्ट्रुमेन्ट प्यानल, स्टेयरिंग ह्वील, ड्याशबोर्ड, एसिभेन्ट, इन्फोटेनेन्ट सिस्टम जडान गरिएको छ । इन्जिनमा अटोमेटिक र म्यानुअल ट्रान्समिसनको दुबै अप्सन उपलब्ध हुनेछ ।
यसमा अटोनोमस इमर्जेन्सी बे्रर्किङ, लेन डिपार्चर वार्निङ, लेन किपीङ असिस्ट, एडप्ट क्रुज कन्ट्रोलसँगै लो स्पिड फलो मोड, रियर क्रश ट्राफिक अलर्ट जस्ता विशेषता दिइएको छ ।

