टोयोटाले आफ्नो साना कारको लागि नयाँ प्ल्याटफर्म जीए–बी सार्वजनिक गरेको छ । यस प्ल्याटफर्मबाट टोयोटाका साना कारहरुले पनि ‘टिएनजीए’ प्ल्याटफर्मको फाइदा लिन सक्ने छन् ।
टोयोटाले टिएनजीए प्ल्याटफर्म सन् २०१५ मा नयाँ जेनेरेशन टोयोटा प्रियसबाट सुरु भएको हो । टिएनजीए प्ल्याटफर्म अहिले टोयोटाको चर्चित प्ल्याटफर्म भएको छ । यसैमा आधारित रहेर कम्पनीले क्याम्री, र्याभफोर जस्ता गाडी बनाई रहेको छ ।
जीए–बी प्ल्याटफर्म निकै बलियो बडी स्टक्चरमा आधारित रहेको छ । साथै नयाँ प्ल्याटफर्मले गाडीको तौल र मूल्य कम गर्न सहयोगी बन्ने कम्पनीले दाबी गरेको छ ।
नयाँ प्ल्याटफर्ममा चालकको सिट केही तल रहेको छ । तर, केही बीच भागमा स्टेरिङ लाग्ने हुँदा सुरक्षाको हिसावले उत्कृष्ट हुने कम्पनीले जनाएको छ । साथै, यसले अलग अलग तरिकाले चालकलाई सहज हुनेगरि स्टेरिङ एड्जस्ट गर्न सकिने जनाइएको छ ।
यस प्ल्याटफर्ममा बन्ने कारहरु केही होचा हुने छन् । यसको मोडुलर क्वालीटीको प्रयोगबाट कुनैपनि किसिमका गाडी बनाउन सकिने कम्पनीले जनाएको छ ।

