आज लाहान चोकमा टीभीएसको ह्वीली बिट्स कन्सर्ट हुने

काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले दशैँ तथा दीपावलीको पावन अवसरमा ग्राहकहरुलाई लक्षितगरि संचालन गरिरहेको ‘टीभीएस दशैँ दौँड’ स्किम लागु गरेको छ ।

आफ्नो ट्यागलाईन अनुसार जगदम्बा मोटर्सले नेपालको मुख्य–मुख्य सहरमा ह्वीली बिट्स नामक कार्यक्रम गरिरहेको छ । जस अन्तर्गत आजको कार्यक्रम सिराहाको लाहान चोकमा हुन लागेको हो ।

उक्त कार्यक्रममा रास्ट्रिय बाइक राइडरको स्टन्ट शो प्रस्तुत हुनेछ भने बिभिन्न गीतहरुमा नृत्यको साथै रास्ट्रिय तथा स्थानीय कलाकारको कमेडी पनि प्रस्तुत हुनेछ ।

साथै, उक्त कार्यक्रममा नै कम्पनीले हालै नेपाली बजारमा भित्रिएको दुई नयाँ बाइक आरटीआर १६० २भी र रेडीएन ११० सार्वजनिक गरिने छ ।

यस कार्यक्रम हेर्न को लागि दर्शकले कुनै शुल्क तिर्नु पर्ने छैन भने लोकप्रिय रास्ट्रिय कलाकारका साथै स्थानिय कलाकारको पनि प्रस्तुती रहने कुराको जानकारी जगदम्बा मोटर्सका मार्केटिंग म्यान्जेर नबराज कोइरालाले जानकारी दिए ।


Back_to_top