महिन्द्राकाे एक्यूभी ३०० इलेक्ट्रीक ल्याउने घोषणा, रेञ्ज ३०० किमि

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० को सफलता पश्चात उक्त मोडललाई इलेक्ट्रीकमा ल्याउने तयारी गरेको छ । कम्पनीले आधिकारीक रुपमा एक्सयूभी ३०० लाई इलेक्ट्रीकमा ल्याउने घोषणा गरेको छ ।

कम्पनीले यूरोपियन मिडिया मोटरी३६० डटइटसँगको अन्तक्र्रियामा एक्सयूभी ३०० लाई ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने व्याट्री प्याकमा सार्वजनिक गर्ने जनाएको छ । यस बाहेक अन्य विषयको जानकारी भने कम्पनीले दिएको छैन । 

महिन्द्रा भारतीय बजारमा सबैभन्दा पहिला इलेक्ट्रीक कारको मासप्रडक्सन गर्ने कम्पनी हो । कम्पनीले आफ्नो पहिलो उत्पादनको रुपमा रेभा इलेक्ट्रीक कार बजारमा ल्याएको थियो भने कम्पनीले त्यसपछि ४ सिट क्षेमताको इटुव र इटुव प्लस बजारमा ल्याएको थियो ।

त्यसपछि इलेक्ट्रीक सेडानकार इभेरिटो बजारमा ल्याएको कम्पनीले केयूभी १०० को इलेक्ट्रीक भेरियन्ट सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ । अब कम्पनीले एक्यूभी ३०० इलेक्ट्रीकको तयारी गरिरहेको छ ।

महिन्द्राले इलेक्ट्रीक एसयूभीमा एक्सयूभी ३०० कै डिजाइन र मुख्य फिचरहरु प्रदान गर्नेछ । जसमा इलेक्ट्रीक सनरुफ, लेदर अपहोलिस्टीक, डिउल जोन क्लाईमेट कन्ट्रोल, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचर हुने छन् ।

कम्पनीले कहिलेसम्म बजारमा यसलाई उतार्ने छ भन्ने विषयमा केही नखुलाएपनि यसको प्रडक्सन भेरियन्टलाई आगामी अटो एक्स्पो २०२० मा कम्पनीले शोकेस गर्ने अनुमान गरिएको छ । 


Back_to_top