चार महिनापछि नयाँ इन्जिनमा नयाँ स्कर्पियो आउने

महिन्द्राले आफ्नो बहुचर्चित एसयूभी स्कर्पियोको नयाँ मोडल आगामी फेब्रअरीमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ प्रदुषण मापदण्ड अनुसारको इन्जिन र समय सापेक्षा परिवर्तन सहित नयाँ स्कर्पियोलाई २०२० फेब्रुअरी ७ बाट आयोजना हुने अटो एक्स्पोमा यसलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

२०१९ मा पनि निकै आक्रमक रुपमा नयाँ मोडलहरु बजारमा ल्याएको महिन्द्राले माजारो, अल्टुरस जी–४ र एक्सयूभी–३०० बजारमा ल्याएर आफ्नो प्रडक्ट लाइनअपमा देखिएको विभिन्न ग्याप परिपूर्ति गरेको कम्पनीले दाबी गरेको छ । अव आउने नेक्ट जेनेरेसन स्कर्पियोले बजारमा निकै ठूलो परिवर्तन ल्याउने कम्पनीले दाबी गरेको छ ।

नयाँ आउने स्कर्पियो र बोलेरोले महिन्द्राको प्यासेन्जर भेइकलमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । नयाँ स्कर्पियोमा कम्पनीले हालै विकास गरेको २.० लिटर डिजेल इन्जिन दिने जनाएको छ । 

महिन्द्राले विकास गरेको उक्त इन्जिनले लामो समय स्कर्पियोमा प्रयोग भएको २.२ लिटर एमहक इन्जिनलाई विस्थापित गर्ने भएको हो । 

नयाँ इन्जिनले १६० हर्सपावर र ३२० एनएम टर्क दिने छ । नयाँ स्कर्पियो फोर ह्वील ड्राइभ अप्सनलमा आउनेछ । महिन्द्राको चौथो जेनेरेसन स्कर्पियोमा इन्टेरियर तथा एक्सटेरियर दुवैमा निक्कै परिमार्जन हुने छ । 

यसले मूल्यमा भने खासै ठूलो फरक पार्ने छैन । नयाँ स्कर्पियोको मूल्य पनि पुरानै जस्तो १० देखि १७ लाख भारु हुने अनुमान गरिएको छ । 

महिन्द्राको स्कर्पियो नेपाली बजारमा समेत लोकप्रिय रहेको छ । महिन्द्रा स्कर्पियो नेपाली बजारमा अग्नी इनकर्पोरेटेडले बिक्री गर्दै आएको छ । 


Back_to_top