काठमाडौं । मदार्स ट्रयाक एक्सपिरियन्स क्याम्पीयन अर्नगत टीभीएस अपाचे आरटीआर २०० तथा आरआर ३१० ग्राहक तथा टेस्ट राइड मार्फत छनोट भएका २५ जनाको टोली भारतको चेन्नाई प्रस्थान गरेका छन् । ६० जना गोलाप्रथाबाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० अनि, ३० बाट छनौट गरिएका २५ जना भाग्यशाली विजेताहरुले यही मङसिर १६ गते भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टीभीएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार गर्नेछन् ।
एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट छनौट भएका २५ जना प्रतियोगीहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउने सुनौलो सपना पूरा गर्नेछन् ।
प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जगदम्बा मोटर्स उपाध्यक्ष श्री दीपक अग्रवालले भने ‘नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुन पाएकोमा हामी जगदम्बा मोटर्स परिवार हर्षित छौं । अन्तिम चरणको लागि छनौट भएका २५ जना बाइक राइडरहरुलाई म थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’
मद्रास मोटर रेस ट्रयाकमा सहभागी हुने प्रतियोगीहरु मङसिर १४ गते, शनिबार नेपालबाट प्रस्थान गरी मङसिर १६ गते रेस ट्रयाकको अनुभव गर्दै मङसिर १८ गते, बुधबार पुनः नेपाल फर्किनेछन् ।
मदार्स मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक घ।ठद्ध कि.मि को छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय छ ।


