काठमाडौं । नेपालमा गाडी बनाउन वैदेशिक लगानी ल्याउने घोषणा गरेको मोट्रेक्सले लगानी बोर्डसँग सम्झौँतापत्रमा हस्ताक्षर गरेको छ ।
लगानी बोर्डले मोट्रेक्सले प्रस्ताव गरेको १० अर्व ५४ करोड लगानीलाई ल्याउन पहिलो चरणको सम्झौँता गरेको हो । अब कम्पनीले प्लान्ट स्थापनाकाे लागि आवस्यक प्रकृया सुरु गर्नेछ ।
‘हामीले नेपालमै प्यासेन्जर कार बनाउँछु भनेर आएको मोट्रेक्ससँग सुरुवाति सम्झौँता गरेका छौं’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेरोअटोसँग भने ।
अधिकारीका अनुसार मोट्रेक्सले कोरियन कुनै एक ब्राण्डको गाडी बनाउन प्रस्ताव गरेको र आफुहरुले उसको उक्त प्रस्ताव अनुसार सम्झौंता गरेको हो । यदी काेरियन ब्राण्ड नपाएकाे खण्डमा अन्य कुनै ब्राण्ड ल्याउने विषय सम्झौँतामा उल्लेख गरिएको छ ।
बोर्डसँग भएको सम्झौता अनुसार वातावरणिय प्रभाव मूल्यांकन सकिएको ३ वर्षभित्र प्लान्ट स्थापना गरी मोट्रेक्सले गाडी उत्पादन सुरु गर्ने उल्लेख गरिएको छ ।
योपनि पढ्नुस्: गाडी बनाउन मोट्रेक्सले राखेको सर्तमा नेपाली ब्यवसायीको आपत्ति
योपनि पढ्नुस्: नेपाली पुँजीवादले दिने ‘असिमित अवसर’ र मोट्रेक्सको आर्थिक हैसियत

