रोयल इन्फिल्ड थन्डरवर्ड नयाँ संस्करण आउँदै, पुरानोभन्दा कति फरक

 रोयल इन्फिल्डले थन्डरवर्ड बाइको नयाँ संस्करण निर्माण गर्ने तयारी गरेको छ । रेगुलर मोडलको तुलनामा निक्कै परिमार्जन  भएको थन्डरवर्ड फेसलिफ्टको मूल्य समेत १० देखि १५ हजार भारु वृद्धि हुने भएको छ । 

कम्पनीले यसको तस्बिर सार्वजनिक गर्दै चाँडै नै भारतीय बजारमा सार्वजनिक गर्ने योजना सुनाएको हो ।

क्रुजर डिजाइन अवधारणामा निर्माण हुने नयाँ थन्डरवर्डमा फ्लाटर ह्यान्डलबार र सेमी डिजीटल कन्सोल रहेको छ । रेगुलर मोडलमा भने, ट्वीन पोड इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको थियो । नयाँ इन्स्ट्रुमेन्ट क्लस्टरले बाइक सम्बन्धीत जानकारी मात्रै नभई, वास्तविक माइलेज, इफिसेन्सी, रेन्ज लगायतका  जानकारी दिने  छ ।

नयाँ थन्डरवर्डको रियर र साइडको स्टाइलमा समेत निक्कै परिवर्तन गरिएको छ । रेगुलर मोडलको तुलनामा यसको रियर फेन्डर केही परिर्वतन गरिएको छ । इन्डीकेटर र टेल ल्याम्पको स्वरुपलाई केही परिर्वन गरिएको छ भने, मौजुदा मोडलको भन्दा केही तल लगाइएको छ । बाइकमा पुरानै फ्युल ट्यांकी  जोडिएको छ भने ‘वाइ’ शेपको नयाँ अलोय ह्वील लगाइएको छ  ।

कम्पनीले नयाँ बाइकमा पनि पुरानो मोडलमा उपलब्ध इन्जिन लगाउने भएको छ । यसमा उपलब्ध  बीएस ६ मापदन्डको ३४६ सीसी  इन्जिनले १९.८ हर्ष पावरका साथै २८ एनएम टर्क उत्पादन गर्छ । यस्तै, थन्डरवर्ड ५०० मा उपलब्ध एयरकुल्ड सिंगल सिलिन्डर इन्जिनले २७.२ हर्ष पावरका साथै ४१.३ एनएम टर्क उत्पादन गर्छ ।

नयाँ रोयल इन्फिल्ड थन्डरवल्र्ड आगामी वर्षको अप्रिल महिनामा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा भने रोयल इन्पिmल्ड थन्डरवल्र्ड दुई भेरियन्टमा बिक्री हुदै आएको छ । थन्डरवर्ड ५००, ८ लाख २१ हजार रुपैयाँमा बिक्री हुदै आएको छ भने, थन्डरवर्ड ३५०, ५ लाख १५ हजार रुपैयाँमा बिक्री भइरहेको छ । 


Back_to_top