रोयल इन्फिल्ड क्लासीक ३५० बीएस ६ इन्जिनमा, १५ हजार भारुले बढ्यो मूल्य

रोयल इन्फिल्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल क्लासीक ३५० बीएस ६ इन्जिनमा भारतमा सार्वजनिक भएको छ । उक्त मोडलको मोटरसाइकल बीएस ४ इन्जिनको तुलनमा १५ हजार भारतीय रुपैयाँले मूल्य वृद्धि भएको छ ।

अब रोयल इन्फिल्ड क्लासीक ३५० को दिल्लीको ‘एक्स शोरुम प्राइस’ १ लाख ६९ हजार भारतीय रुपैयाँ तोकिएको छ भने, ग्राहकले उक्त मोटरसाइकल खरिदगर्दा अनरोड मूल्य १ लाख ९९ हजार भारतीय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

कम्पनी यो मोटरसाइकलको बुकिङसमेत लिन सुरु गरेको छ । ग्राहकले १० हजार भारतीय रुपैयाँ टोकन रकम तिरेर मोटरसाइकल बुकिङ गर्न सक्नेछन् । कम्पनीले यो मोटरसाइकल चाँडै डेलिभरी समेत दिने भएको छ । बीएस६ मोडल डिलरमा पुगिसकेको समेत कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलमा कम्पनीले ग्राफिकमा थोरै परिर्वतनका साथ बीएस ६ अनुसारको एफआई इन्जिनमा ल्याएको हो । यसका साथै ब्ल्याक अलोय ह्वील, ब्ल्याक कलर इन्जिन तथा नयाँ फ्यूल ट्याङक ब्याजका साथ सार्वजनिक गरेको हो ।

नेपाली बजारमा समेत राम्रो पर्दशन गरिरहेको यो मोटरसाइकलको बीएस ६ भर्सन आउँछ वा आउँदैन भन्ने विषयमा केही जानकारी प्राप्त भएको छैन । यदि उक्त मोडल नेपाली बजारमा बिक्री हुने हो भने अहिले ६ लाखमा बिक्री भइरहेकोमा करिब ४५ हजार रुपैयाँ सम्मले मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top