फक्सवागनले रोक्यो हाइड्रोजन कार उत्पादन गर्ने प्रोजेक्ट, यस्तो छ कारण

काठमाडौं । जर्मन कार उत्पादक कम्पनी फक्सवागनले आफ्नो हाइड्रोजन फियुल सेल प्रोजेक्टलाई तत्काल अगाडी नबढाउने भएको छ । कम्पनीले आगामी दशकमा यस्ता गाडीले बजारमा उल्लेखनिय सफलता हासिल गर्न नसक्ने देखेसँगै यो प्रोजेक्टलाई रोकेको जनाएको छ ।

कम्पनीका सिइओ हार्वट डाइसले कम्पनी तत्काल कुनै किसिमको हाइड्रोजन फियुल सेल गाडीमा लगानी गर्न तयार नभएको जानकारी दिएका हुन् ।

‘फक्सवागन समूह कुनै यस्तो गाडीमा तत्काल ठूलो लगानी गर्न चाहँदैन, जहाँ बजार नै तयार नभएको होस्’ डाइसले भने ।

पछिल्लो समय फक्सवागनले फियुलसेल गाडी उतपादनमा ठूलो लगानी गर्ने हल्ला भइरहेको थियो । यही सन्दर्भमा कम्पनीले सार्वजनिक रुपमा तत्काल कुनै लगानीको योजना नरहेको बताएसँगै एक पटक हाइड्रोजन फियुल सेलयुक्त गाडीको चर्चाले अटो बजार तताएको छ ।

अहिले विश्व बजारमा टोयोटा, हुन्डाई जस्ता ब्राण्डले निकै ठूलो लगानीको साथ हाइड्रोजन फियुलसेल कारहरु उत्पादनमा जोड दिदै आएका छन् ।


Back_to_top