शाहरुख खानले सार्वजनिक गरे हुन्डाईको नयाँ क्रेटा, मार्चबाट बिक्री सुरु हुने

नोयडा । हुन्डाईले अभिनेता शाहरुख खानलाई अटो एक्स्पोमा बोलाएर आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ जेनेशेन सार्वजनिक गरेको छ । कम्पनीले अहिले बिक्री भइरहेको मेडलको तुलनामा निकै परिमार्जन गरेको सेकन्ड जेनेरेशन क्रेटा आगामी मार्चबाट बिक्री सुरु हुने जनाइएको छ ।

नयाँ क्रेटाको अगाडिको भागमा सिग्नचर कास्केडिङ ग्रिल, सबै लाईट एलइडी, स्प्लीट हेडल्याम्प, नयाँ डिजाइनको फगल्याम्प र नयाँ टेलगेटको प्रयोग गरिएको छ ।

१.५ लिटर पेट्रोल र डिजेल दुबै इन्जिमा आउने नयाँ क्रेटामा १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा पनि उपलब्ध रहने छ । यसलाई कम्पनीले म्यानुयल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध गराउने जनाएको छ ।

अहिले अटो एक्स्पो २०२० मा शोकेस गरिएको क्रेटामा सकभर भित्री आवरणलाई देखाइएको छैन । यद्यपी धेरै नियालेर हेर्दा यसमा १०.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर उपलब्ध रहेको बुझन सकिन्छ ।

यसका अलावा स्टायडर्ड भेरियन्टमा डियूल एयरव्याग, एबीएस, इबीडी, कुल्ड सिट, वायरलेस चार्जिङ, सनरुफ, पावर एड्जस्टेवल ड्राइभिङ सिट र फ्ल्याट बटम स्टेरिङको विशेषता दिइएको छ ।


Back_to_top