हाइब्रिड पेट्रोल इन्जिनयुक्त मारुती सुजुकी ब्रेजा सार्वजनिक

नोयडा । मारुती सुजुकीले आफ्नो चर्चित सब कम्प्याक्ट एसयूभी ब्रेजा सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डिजेल इन्जिनमा ल्याएको ब्रेजालाई अब भने पेट्रोल इन्जिनमा ल्याएको हो ।

अगाडिको भागमा केही परिमार्जन सहित आएको ब्रेजामा रि-डिजाईन हेडल्याम्प र एलइडी डेटाइम रनिङ लाईट प्रदान गरिएको छ । यसको टप भेरियन्टमा ग्रिलमा क्रोमको प्रयोगले गाडी निकै आकर्षक देखिएको छ । यसले गाडीलाई पहिलेको तुलनामा निकै सार्प र स्पाेर्टी देखाएको छ ।

 

ड्यासबोर्डमा पहिलेका सबै फिचरलाई निरन्तरता दिएइएको ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ९० पीएस पावर र २०० एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।

कम्पनीले जनाएअनुसार यसमा हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्ट/स्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।

नेपाली बजारमा पनि निकै चर्चामा रहेको र राम्रो व्यापार गरिरहेको ब्रेजाको नयाँ मोडल चाँडै उपलब्ध हुने अनुमान गरिएको छ । तर, यसको आधिकारीक वितरक सिजी मोटो कर्पले भने केही आधिकारीक जानकारी दिएको छैन ।


Back_to_top