होन्डा डियोमा हुँदै यस्तो परिर्वतन, कहिले आउँछ बजारमा

होन्डा टु ह्वीलर इन्डियाले होन्डाको सर्वाधिक सफल स्कुटरको बीएस-६ मोडल भसर्न चाँडै सार्वजनिक गर्ने भएको छ । जापानीज मोटरसाइकल निर्माता कम्पनीले नयाँ प्रदुषण मापदण्ड अनुरुप तयार पारेको स्कुटरको टिजर सार्वजनिक गरेको हो ।

बीएस-६ आधारीत इन्जिनमा आएका सबै ब्राण्डका सबै मोटरसाइकलको मूल्य केही वृद्धि भएको पाइएको छ । होन्डाले डियोमा केही अन्य परिर्वतन समेत गरेर आगामी महिना ल्याउने तयारी गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको टीजरमा डियो स्कुटरमा नयाँ एलइडी हेडल्याम्पमा देखिएको छ । यसअघि हेलोजिन हेडल्याम्प रहेको थियो । यसका साथै एलइडी डीआरएल समेत ह्यान्डलबारसँगै देखिएको छ ।

कम्पनीले यसको ग्राफिकमा समेत ठुलो परिर्वतन गरेको छ । यसको बडी प्यानललाई अझै बोल्ड बनाइएको छ । यसमा कार्वन फाइवर प्रयोग गरेर आर्कषक लुक्स दिइएको छ ।

होन्डा डियो २०२० मा १०९.५ सीसी सिगंल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन रहेको छ । यसले ७.९६ पीएस पावर तथा ९ एनएम टर्क जनेरेट गर्छ । यसमा कम्पनीले साइलेन्ट स्टार्ट फिचरमा आउने अनुमान समेत गरिएको छ । यसको फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक रहनेछ ।


Back_to_top