काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन (ईभी) बजारमा ग्राहकहरूले रेन्ज, प्रविधि र मूल्यसँगै गाडीको आरामदायीपनलाई पनि महत्त्व दिन थालेका छन् ।
नेपाली ग्राहकको यही आवश्यकतालाई ध्यानमा राख्दै चांगान नेपालले आफ्नो विद्युतीय एसयूभी नेभो क्यू ०५ लाई ‘अ क्लास एभोब इन कम्फर्ट’ अवधारणासहित अघि सारेको छ ।
नेभो क्यू ०५ लाई विशेषगरी दैनिक आवतजावतदेखि परिवारसँगको लामो यात्रासम्म आरामदायी अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ । यसमा रहेको २,७३५ मिलिमिटरको ह्विलबेसले फराकिलो क्याबिन र पर्याप्त लेगरुम उपलब्ध गराउँछ ।
त्यस्तै, ९ तहको एर्गोनोमिक सिटले शरीरलाई आवश्यक सपोर्ट र आराम प्रदान गर्ने उद्देश्य राखेको छ । पछाडिका यात्रुका लागि ३३ डिग्रीसम्म ढल्काउन मिल्ने सिटको सुविधाले यात्रालाई थप सहज बनाउँछ ।

नेभो क्यू ०५ को अर्को विशेषता यसको प्रिमियम इन्टेरियर हो । कम्पनीका अनुसार गाडीको क्याबिनका करिब ८० प्रतिशत सतहमा सफ्ट टच सामग्री प्रयोग गरिएको छ । यसले गाडीभित्र बस्दा माथिल्लो सेग्मेन्टका सवारीसाधनमा अपेक्षा गरिने प्रिमियम अनुभूति प्रदान गर्छ ।
साथै, ध्वनि तथा कम्पन नियन्त्रणका लागि अपनाइएका उपायले क्याबिनलाई थप शान्त र आरामदायी बनाउन सहयोग र्पुयाउँछन्।
काठमाडौंको व्यस्त ट्राफिकदेखि पोखरा, चितवनलगायतका गन्तव्यसम्म परिवारसँग यात्रा गर्ने नेपाली ग्राहकका लागि गाडीको स्पेस, सिटको बनावट र यात्राको सहजता महत्त्वपूर्ण पक्ष हुन् । नेभो क्यू ०५ ले यिनै आवश्यकतालाई प्राथमिकता दिँदै आरामलाई आफ्नो प्रमुख विशेषताका रूपमा प्रस्तुत गरेको छ ।

अ क्लास एभव इन कम्फर्ट’ अभियानमार्फत चांगान नेपालले गाडीको प्रिमियम अनुभव मूल्यले मात्र नभई यात्राका क्रममा प्राप्त हुने आराम र सुविधाले पनि निर्धारण गर्छ भन्ने सन्देश दिन खोजेको छ । फराकिलो क्याबिन, आरामदायी सिट र प्रिमियम इन्टेरियरको संयोजनसहित नेभो क्यू ०५ ले नेपाली ईभी बजारमा आरामदायी यात्राको नयाँ मानक स्थापित गर्ने लक्ष्य लिएको छ ।

