हुन्डाईको दुईदिने विन्टर केयर सर्भिस क्याम्प आजदेखि

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज (नोभेम्बर २३) र भोलि (नोभेम्बर २४) दुईदिन चल्ने ‘हुन्डाई विन्टर केयर क्याम्प’ गरिरहेको छ ।

‘स्टे रेडी, ड्राइभ सेफ’ नारासहित आयोजना भइरहेको सर्भिस क्याम्प देशभरका ७ वटा सर्भिस सेन्टरमा चलिरहेको छ । क्याम्पमा सहभागी हुने हुन्डाईका ग्राहकले सर्भिसमा १५ प्रतिशत छुट, निःशुल्क कार वास तथा रिफ्रेसमेन्ट सुविधा पाउनेछन् ।

यो सर्भिस क्याम्प उपत्यकाको हकमा काठमाडौंको धापासीस्थित एलआई सर्भिस सेन्टर, कुपण्डोलस्थित एलआई अटो सर्भिस, सिनामंगलस्थित न्यू शिव सर्भिस र तीनकुनेस्थित एलआई क्विक सर्भिसमा संचालन भइरहेको छ ।

त्यस्तै, भक्तपुरको राधेराधेस्थित एलआई सर्भिस भक्तपुर तथा पोखराको बराही सर्भिस सेन्टर र बिन्दिया सर्भिस सेन्टरमा समेत क्याम्प चलिरहेको छ ।

दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुने क्याम्पमा हुन्डाईका भेन्यु र क्रेटालगायतका गाडीका ग्राहकले सहभागी भई सेवा लिन सक्नेछन् ।


Back_to_top